टीभीएसले ल्यायो शक्तिशाली टीभीएस अपाचे आरटीआर १६० फोरभी

मोटरसाइकल म्याट ब्ल्याक, रेसिङ रेड र मरिन ब्लु गरी तीन रङमा उपलब्ध छ । यसको मूल्य ४ लाख २९ हजार ९ सय तोकिएको कम्पनीले जनाएको छ ।

असार १५, २०८३

कान्तिपुर संवाददाता

TVS launches powerful TVS Apache RTR 160 4V

काठमाडौँ — दुई र तीनपांग्रे सवारीसाधन निर्माता टीभीएस मोटर कम्पनीले नेपालमा पूर्ण रूपमा नयाँ टीभीएस अपाचे आरटीआर १६० फोरभी सार्वजनिक गरेको छ ।

दुई दशकदेखि रेसिङलाई सर्वसाधारणको पहुँचमा पुर्‍याउने प्रतिबद्धतासाथ टीभीएस अपाचेले विश्वस्तरीय प्रदर्शन गर्ने मेसिन निर्माण गर्दै आएको कम्पनीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

यसले ब्रान्डको रेसिङ भावना आत्मसात् गर्ने राइडरहरूको एक बलियो र भावुक विश्वव्यापी समुदाय निर्माण गरेको विज्ञप्तिमा जनाइएको छ ।

पछिल्लो संस्करणले मोटरसाइकलको प्रमाणित प्रदर्शन र रेसिङ डीएनएलाई कायम राख्दै राइडरको सुरक्षा, रात्रिकालीन दृश्यात्मकता र नियन्त्रणलाई अझ सुदृढ बनाउन केन्द्रित गरेको कम्पनीको दाबी छ ।

टीभीएस अपाचे आरटीआर १६० फोरभी टीएफटी अहिले नेपालका छानिएका डिलरसिपमा उपलब्ध रहेको कम्पनीले जनाएको छ । जुलाई २०२६ सम्ममा देशभरका नेटवर्कमा उपलब्ध हुने कम्पनीले जनाएको छ ।

यो मोटरसाइकल म्याट ब्ल्याक, रेसिङ रेड र मरिन ब्लु गरी तीन रङमा उपलब्ध छ । यसको मूल्य ४ लाख २९ हजार ९ सय तोकिएको कम्पनीले जनाएको छ ।

कान्तिपुर

Link copied successfully