आधुनिक र ग्राहक–मैत्री ढाँचामा व्यवस्थित शोरुमलाई ग्राहकले सहज र उत्कृष्ट सपिङको अनुभव लिन सक्ने गरी डिजाइन गरिएको छ ।
काठमाडौँ — कजारिया रमेश टायल्स लिमिटेडले काठमाडौंको टोखा रोडमा शोरुम सञ्चालनमा ल्याएको छ ।
जगदम्बा इन्टरनेसनलसँगको सहकार्यमा व्यवस्थापन गरिएको नयाँ शोरुमले स्थानीय घरधनी, निर्माण व्यवसायी र इन्टेरियर डिजाइनरलाई लक्ष्य गर्दै विश्वस्तरीय ब्रान्डका फ्लोर र वाल टायलको विस्तृत दायरा स्थानीय समुदायसम्म पुर्याउने उद्देश्य राखेको कम्पनीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
आधुनिक र ग्राहक–मैत्री ढाँचामा व्यवस्थित शोरुमलाई ग्राहकले सहज र उत्कृष्ट सपिङको अनुभव लिन सक्ने गरी डिजाइन गरिएको जनाइएको छ ।
यहाँ आउने ग्राहकले विभिन्न टायल्सका डिजाइन प्रत्यक्ष स्पर्स गरी हेर्न, महसुस गर्न र परिकल्पना गर्न सक्नेछन् ।
यसले गर्दा ग्राहकहरूलाई आफ्ना व्यक्तिगत वा व्यावसायिक परियोजनाका लागि विभिन्न टेक्सचर, प्याटर्न र साइज प्रत्यक्ष रूपमा हेरेर आफ्नो रोजाइ अनुरूपको उत्कृष्ट टायल छनोट गर्न सजिलो हुने कम्पनीले बताएको छ ।
‘जगदम्बा इन्टरनेसनलसँगको हाम्रो यो सहकार्य टोखा रोड र यस आसपासका तीव्र रूपमा विकास भइरहेका क्षेत्रहरूमा सेवा प्रदान गर्ने हाम्रो प्रतिबद्धताको प्रतीक हो,’ कजारिया रमेश टायल्स लिमिटेडका निर्देशक हिमांशु अग्रवालले भने, ‘हाम्रा विश्वस्तरीय कलेक्सन स्थानीयको पायक पर्ने स्थानमा ल्याएर हामी उहाँहरूको घर निर्माण र मर्मतसम्भारको यात्रालाई सहज बनाउन चाहन्छौं ।’
