‘हरेक घरको खुसी, घर–घरमा एलजी’ अभियान विस्तार गर्दै एलजी

इटहरीमा १५ असार, नारायणगढमा १७ असार, पोखरामा १९ असार, बुटवलमा २१ असार र नेपालगञ्जमा २३ असारमा विशेष कार्यक्रम आयोजना गरिने

असार १४, २०८३

कान्तिपुर संवाददाता

LG expands 'Happiness in every home, LG in every home' campaign

काठमाडौँ — काठमाडौंमा सम्पन्न राष्ट्रिय शुभारम्भपछि एलले ‘हरेक घरको खुसी, घर–घरमा एलजी’ अभियानलाई देशव्यापी रूपमा विस्तार गर्ने भएको छ ।

यसअन्तर्गत इटहरीमा १५ असार, नारायणगढमा १७ असार, पोखरामा १९ असार, बुटवलमा २१ असार र नेपालगञ्जमा २३ असारमा विशेष कार्यक्रम आयोजना गरिने कम्पनीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

यी कार्यक्रममार्फत स्थानीय उपभोक्ताले एलजी एसेन्सियल सिरिजका उत्पादन प्रत्यक्ष अनुभव गर्ने, तिनका विशेषताबारे जानकारी प्राप्त गर्ने तथा आफ्ना आवश्यकताअनुरूप उपयुक्त समाधान छनोट गर्ने अवसर पाउने कम्पनीले जनाएको छ ।

नेपाली परिवारको दैनिक आवश्यकता तथा स्थानीय परिस्थितिलाई ध्यानमा राखेर डिजाइन गरिएका यी उत्पादनले गुणस्तरीय जीवनशैलीलाई अझ सहज बनाउने एलजीको विश्वास रहेको कम्पनीको दाबी छ ।

नयाँ शृंखलामा नेपाली बजारका लागि विशेष रूपमा डिजाइन गरिएका डबल–डोर रेफ्रिजेरेटर, फुल्ली अटोमेटिक टप–लोड वासिङ मेसिन तथा रुम एयर कन्डिसनर समावेश छन् ।

कान्तिपुर

Link copied successfully