अर्बिट ग्रुपलाई ‘प्लाटिनम पार्टनर अवार्ड’ प्रदान गरियो । ‘गोल्ड अवार्ड’ केआईईसी लर्निङ सेन्टर र ‘सिल्भर अवार्ड’ द नेक्स्ट एजुकेसन कन्सल्टेन्सीलाई प्रदान गरिएको छ । यसैगरी एक्सपर्ट एजुकेसन एन्ड भिसा सर्भिसेज, एईसीसी स्टडी अब्रोड कन्सल्टेन्सी, एओपी ग्लोबल कन्सल्टेन्सी, आईएलटीएस सेन्टर र ब्रिज इन्टरनेशनलले ‘ब्रोन्ज अवार्ड’ प्राप्त गरे।
काठमाडौँ — अन्तर्राष्ट्रिय शिक्षा क्षेत्रमा उल्लेखनीय योगदान पुर्याएको भन्दै ब्रिटिस काउन्सिलले अर्बिट ग्रुपलाई ‘प्लाटिनम पार्टनर अवार्ड’ प्रदान गरेको छ ।
काउन्सिलले आफ्ना व्यावसायिक साझेदारमध्ये उत्कृष्ट कार्य गरेको भन्दै अर्बिटलाई उक्त सम्मान दिएको हो ।
राजधानीमा बिहीबार आयोजित कार्यक्रममा अर्बिट ग्रुपका प्रबन्ध निर्देशक सुनिल रेग्मीलाई नेपालका लागि बेलायती राजदूतावासका सामाजिक विकास प्रमुख एन्ड्रियू लङले अवार्ड प्रदान गरे ।
आईएलटीएस तयारी कक्षामा नेपालमा ६० प्रतिशतभन्दा बढी बजार हिस्सा ओगटेको अर्बिट ग्रुपले जनाएको छ ।
यस सम्मानले थप जिम्मेवारी बढाएको रेग्मीले बताए । कार्यक्रममा ब्रिटिस काउन्सिलले अन्य संस्थालाई पनि विभिन्न विधामा सम्मान गरेको छ ।
‘टप एसोसिएसन अवार्ड’ नेपाल शैक्षिक परामर्श संघ (इक्यान) ले प्राप्त गरेको छ ।
‘गोल्ड अवार्ड’ केआईईसी लर्निङ सेन्टर र ‘सिल्भर अवार्ड’ द नेक्स्ट एजुकेसन कन्सल्टेन्सीलाई प्रदान गरिएको छ । यसैगरी एक्सपर्ट एजुकेसन एन्ड भिसा सर्भिसेज, एईसीसी स्टडी अब्रोड कन्सल्टेन्सी, एओपी ग्लोबल कन्सल्टेन्सी, आईएलटीएस सेन्टर र ब्रिज इन्टरनेशनलले ‘ब्रोन्ज अवार्ड’ प्राप्त गरेका छन् ।
नेपाली युवालाई अन्तर्राष्ट्रिय शिक्षासँग जोड्न सहयोग गर्ने साझेदार संस्थाहरूलाई सम्मान गर्न पाउँदा खुसी लागेको ब्रिटिस काउन्सिलकी कन्ट्री एक्जाम डाइरेक्टर प्रतिष्ठा थापा रायमाझीले बताइन् ।
