नयाँ बानेश्वरबाट नवडर्माको सेवा

नवडर्मा व्यवस्थापनले सात वर्षदेखि सेवाग्राहीले गरेको विश्वासलाई आफ्नो सबैभन्दा ठूलो उपलब्धि भन्दै आधुनिक प्रविधिसहित अझ व्यापक र परिणाममुखी उपचार सेवा प्रदान गर्न प्रतिबद्ध रहेको जनाएको छ।

असार १३, २०८३

कान्तिपुर संवाददाता

Navadarma service from Naya Baneshwor

काठमाडौँ — सात वर्षदेखि छाला, सौन्दर्य तथा डर्माटोलोजी सेवामा सक्रिय नवडर्मा स्किन, हेयर ट्रान्सप्लान्ट एन्ड लेजर एस्थेटिक्सले काठमाडौंको नयाँ बानेश्वरस्थित नयाँ तथा आधुनिक परिसरबाट सेवा सञ्चालन सुरु गरेको छ।

सेवा विस्तारसँगै आयोजित विशेष समारोहमा नवडर्माले हेयर ट्रान्सप्लान्ट सेवाको औपचारिक शुभारम्भ गरेको छ ।

यससँगै सेवाग्राहीले अन्तर्राष्ट्रियस्तरको प्रविधिमा आधारित छाला, कपाल तथा लेजर एस्थेटिकसम्बन्धी उपचार एउटै स्थानबाट प्राप्त गर्न सक्ने जनाइएको छ।

उपयुक्त मुल्यमा उत्कृष्ठ सेवा दिने नवडर्माकी प्रबन्ध निर्देशक श्रेया पाण्डेले जनाइन् ।   

नवडर्माले नयाँ स्थानमा अत्याधुनिक प्रविधि, आरामदायी पूर्वाधार तथा विशेषज्ञ चिकित्सकहरूको अनुभवी टोलीमार्फत गुणस्तरीय, सुरक्षित र व्यक्तिगत उपचार सेवा प्रदान गर्ने लक्ष्य लिएको उनको भनाइ छ ।  

हेयर ट्रान्सप्लान्ट सेवा कपाल झर्ने वा टाउकोको कपाल पातलो हुने समस्याबाट प्रभावित व्यक्तिलाई प्राकृतिक देखिने र दीर्घकालीन समाधान उपलब्ध गराउने उद्देश्यले नवडर्मा सञ्चालनमा ल्याइएको उनले बताइन् ।  

नवडर्मा व्यवस्थापनले सात वर्षदेखि सेवाग्राहीले गरेको विश्वासलाई आफ्नो सबैभन्दा ठूलो उपलब्धि भन्दै आधुनिक प्रविधिसहित अझ व्यापक र परिणाममुखी उपचार सेवा प्रदान गर्न प्रतिबद्ध रहेको जनाएको छ।  

कान्तिपुर

Link copied successfully