लघु, साना तथा मझौला व्यवसायमा आबद्ध व्यवसायलाई दिगो र प्रतिष्ठित व्यवसाय बनाउन आवश्यक सैद्धान्तिक एवम् व्यावहारिक ज्ञान, सीप तथा परामर्श प्रदान गर्नु उद्यमशाला कार्यक्रमको मुख्य उद्देश्य
काठमाडौँ — ग्लोबल आईएमई बैंक लिमिटेडले मुलुकमा उद्यमशीलताको विकास र साना तथा मझौला उद्यमको प्रवर्धन गर्ने उद्देश्यले ग्लोबल आईएमई उद्यमशाला कार्यक्रम घोषणा गरेको छ ।
विश्व लघु, साना तथा मझौला व्यवसाय दिवस २०२६ को अवसरमा आयोजित कार्यक्रममार्फत उद्यमशाला कार्यक्रम घोषणा गर्दै इन्क्युबेसन कार्यक्रमका लागि देशभरका उद्यमी तथा नवप्रवर्तनको सोच भएका व्यक्तिबाट आवेदन आह्वान गरिएको बैंकले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
नवप्रवर्तनको सोच भएका व्यक्तिलाई सफल उद्यमी बन्न प्रेरित गर्नुका साथै सञ्चालनमा रहेका लघु, साना तथा मझौला व्यवसायमा आबद्ध व्यवसायलाई दिगो र प्रतिष्ठित व्यवसाय बनाउन आवश्यक सैद्धान्तिक एवम् व्यावहारिक ज्ञान, सीप तथा परामर्श प्रदान गर्नु उद्यमशाला कार्यक्रमको मुख्य उद्देश्य रहेको बताइएको छ ।
