नेपाली युवा उद्यमी मञ्च, ललितपुरको अध्यक्षमा अनुकूल श्रेष्ठ

नवगठित कार्यसमितिमा प्रथम उपाध्यक्षमा प्रकिरण श्रेष्ठ, द्वितीय उपाध्यक्षमा आशिष भण्डारी निर्वाचित भए  । कार्यसमिति सदस्यमा आशंक शमशेर जबरा, रितेज श्रेष्ठ, अभिषेक शारदा, श्रद्धा कटुवाल, कुशल जोशी, अनिष रौनियार, नीरज काफ्ले, अस्मी श्रेष्ठ, निकीता श्रेष्ठ, अभिनभराज श्रेष्ठ र क्षितिज ध्वज थापा चुनिए ।

असार १३, २०८३

कान्तिपुर संवाददाता

Anukul Shrestha elected as the President of Nepali Youth Entrepreneurs Forum, Lalitpur

काठमाडौँ — नेपाली युवा उद्यमी मञ्च, ललितपुर च्याप्टरको वार्षिक साधारणसभा तथा नयाँ कार्यसमिति चयन कार्यक्रम सम्पन्न भएको छ।

साधारणसभाले अनुकूल श्रेष्ठलाई अध्यक्षमा निर्वाचित गर्दै नयाँ कार्यसमितिलाई जिम्मेवारी हस्तान्तरण गरेको छ।

नवगठित कार्यसमितिमा  प्रथम उपाध्यक्षमा प्रकिरण श्रेष्ठ, द्वितीय उपाध्यक्षमा आशिष भण्डारी निर्वाचित भएका छन् । यसैगरी कार्यसमिति सदस्यमा आशंक शमशेर जबरा, रितेज श्रेष्ठ, अभिषेक शारदा, श्रद्धा कटुवाल, कुशल जोशी, अनिष रौनियार, नीरज काफ्ले, अस्मी श्रेष्ठ, निकीता श्रेष्ठ, अभिनभराज श्रेष्ठ र क्षितिज ध्वज थापा चुनिएको जनाइएको छ । 

नवनिर्वाचित अध्यक्ष अनुकूल श्रेष्ठले आफ्नो कार्यकालमा युवा उद्यमीहरूको क्षमता विकास, नवप्रवर्तन, स्टार्टअप प्रवर्द्धन, व्यवसायमैत्री वातावरण निर्माण तथा उद्यमशीलताको सशक्त इकोसिस्टम विकासलाई प्राथमिकतामा राख्दै निजी क्षेत्रको नयाँ पुस्तालाई नेतृत्वदायी भूमिकामा अघि बढाउने प्रतिबद्धता व्यक्त गरे । 

नवनिर्वाचित अध्यक्ष तथा सम्पूर्ण कार्यसमितिलाई बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गर्दै नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठले नेपालको आर्थिक रूपान्तरणमा युवा उद्यमीहरूको भूमिका निर्णायक रहेको बताए ।

निजी क्षेत्रको भविष्य नवप्रवर्तन, सिर्जनशीलता र युवा नेतृत्वसँग जोडिएको उल्लेख गर्दै सरकार, निजी क्षेत्र र युवाबीचको सहकार्यलाई अझ सुदृढ बनाउनुपर्नेमा उनको जोड छ ।  

नेपालको आर्थिक विकासमा युवा उद्यमीहरूको भूमिका अत्यन्त महत्त्वपूर्ण रहेको परराष्ट्रमन्त्री शिशिर खनालले उल्लेख गरे ।

आफू स्वयं पनि स्टार्टअप उद्यमसँग जोडिएको अनुभव भएकाले युवा उद्यमीहरूले भोग्ने चुनौतीप्रति सरकार संवेदनशील रहेको उनको भनाइ छ ।

स्टार्टअप प्रवर्द्धन, उद्यमशीलता विकास, लगानीमैत्री वातावरण निर्माण, वैदेशिक लगानी तथा प्रविधि हस्तान्तरणलाई प्रोत्साहन गर्ने विषयमा सरकार प्रतिबद्ध रहेको उनको धारणा छ ।  

कान्तिपुर

Link copied successfully