एनआईसी एसियाको हकप्रद सेयर निष्कासन तथा बिक्री प्रबन्धकमा एनआइएमबी एस क्यापिटल

हकप्रद सेयर निष्काशनका लागि आवश्यक अन्य नियामकीय स्वीकृति तथा प्रक्रिया पूरा गरी निष्काशन कार्य अगाडि बढाइनेछ ।

असार ११, २०८३

कान्तिपुर संवाददाता

NIMB S Capital appointed as NIC Asia's rights issue and sale manager

काठमाडौँ — एनआईसी एसिया बैंक लिमिटेडले २ः१ अनुपातमा हकप्रद सेयर निष्कासन गर्न एनआईएमबी एस क्यापिटल लिमिटेडलाई निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ ।

हकप्रद सेयर निष्काशन तथा बिक्री प्रबन्धकसम्बन्धी सम्झौतापत्रमा निष्काशन कम्पनीका तर्फबाट प्रमुख वित्तीय अधिकृत रुपेश लुइटेल र निष्काशन तथा बिक्री प्रबन्धकका तर्फबाट नायब प्रमुख कार्यकारी अधिकृत सचिन्द्र ढुंगानाले हस्ताक्षर गरे ।   

बैंकले हाल कायम चुक्ता पुँजी १४ अर्ब ९१ करोड ७५ लाख  ६६ हजार बराबरको प्रतिसेयर सय अंकित दरका १४ करोड ९१ लाख ७५ हजार ६ सय कित्ता साधारण सेयरको दुई सेयर बराबर एक (२ः१) सेयर (अर्थात् विद्यमान २ (दुई) कित्ता साधारण सेयर बराबर नयाँ १ (एक) कित्ता साधारण सेयर) को अनुपातमा साविकका सेयरधनीको लागि ७ अर्ब ४५ करोड ८७ लाख ८३ हजार बराबरको प्रतिकित्ता सयको ७ करोड ४५ लाख ८७ हजार ८ सय ३५ कित्ता हकप्रद साधारण सेयर निष्कासन गर्ने बैंकले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । 

उक्त हकप्रद सेयर निष्काशनका लागि आवश्यक अन्य नियामकीय स्वीकृति तथा प्रक्रिया पूरा गरी निष्काशन कार्य अगाडि बढाइने बैंकले जनाएको छ । 

कान्तिपुर

Link copied successfully