ग्लोकल र टाइम्स हायर एजुकेसनबीच नेपालको उच्च शिक्षा क्षेत्रलाई सशक्त बनाउन रणनीतिक सहकार्य

समझदारीपत्रमा ग्लोकल प्रालिका अध्यक्ष आशिष ठाकुर तथा टाइम्स हायर एजुकेसनका एशिया–प्रशान्त क्षेत्रका अध्यक्ष मेई मेई लिमले आफ्ना संस्थाहरूको तर्फबाट हस्ताक्षर गरे

असार ११, २०८३

कान्तिपुर संवाददाता

Glocal and Times Higher Education enter into strategic partnership to strengthen Nepal's higher education sector

काठमाडौँ — टाइम्स हायर एजुकेसनद्वारा आयोजित ग्लोबल सस्टेनेबल डेभलपमेन्ट कंग्रेस २०२६ का क्रममा जकार्ता, इन्डोनेसियामा ग्लोकल प्रालि र टाइम्स हायर एजुकेसनबीच रणनीतिक सहकार्य समझदारीपत्रमा हस्ताक्षर भएको छ।

यो सहकार्य नेपालको उच्च शिक्षा क्षेत्रको विकास, अन्तर्राष्ट्रियकरण तथा विश्वव्यापी सहभागितालाई सुदृढ बनाउने दिशामा महत्वपूर्ण उपलब्धिका रूपमा हेरिएको ग्लोकलले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

समझदारीपत्रमा ग्लोकल प्रालिका अध्यक्ष आशिष ठाकुर तथा टाइम्स हायर एजुकेसनका एशिया–प्रशान्त क्षेत्रका अध्यक्ष मेई मेई लिमले आफ्ना संस्थाहरूको तर्फबाट हस्ताक्षर गरेका हुन् । 

यस सहकार्यले उच्च शिक्षा सम्बन्धी तथ्याङ्क, र्याङ्किङ, प्रभाव मूल्याङ्कन, नीतिगत परामर्श तथा संस्थागत विकासमा टाइम्स हायर एजुकेसनको विश्वव्यापी अनुभवलाई शिक्षा, युवा विकास, सीप विकास तथा सरोकारवालासँगको सहकार्यमा ग्लोकलको अनुभवसँग जोड्दै नेपाल तथा दक्षिण एशियाको उच्च शिक्षा क्षेत्रमा सकारात्मक योगदान पुर्‍याउने लक्ष्य राखेको छ।

कान्तिपुर

Link copied successfully