रोयल इनफिल्डको भैरहवा–लुम्बिनी राइड

कार्यक्रममा सुरक्षित र जिम्मेवार मोटरसाइकल चलाउने संस्कृतिलाई प्रवद्र्धन गर्ने उद्देश्यले राइडिङ सेफ्टी, रोड सेफ्टी अवेयरनेस र गियरसम्बन्धी ज्ञान आदानप्रदान तथा अन्तक्र्रिया गरिएको कम्पनीले जनाएको छ ।

असार ८, २०८३

कान्तिपुर संवाददाता

Royal Enfield's Bhairahawa-Lumbini ride

काठमाडौँ — नेपालका लागि आधिकारिक वितरक अल्फा अटोमोटिभ प्रालिअन्तर्गतको प्रिमियम मोटरसाइकल ब्रान्ड रोयल इनफिल्डले विश्व मोटरसाइकल दिवसका अवसरमा भैरहवाबाट लुम्बिनीसम्म विशेष समूह राइड कार्यक्रम गरेको छ ।

कार्यक्रममा १ सय २५ भन्दा बढी रोयल एनफिल्ड राइडरको उत्साहजनक सहभागिता रहेको कम्पनीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । रोयल इनफिल्ड भैरहवाबाट सुरु भएको राइड लुम्बिनी पुगेर विभिन्न मनोरन्जनात्मक तथा सचेतनामूलक गतिविधिसहित सम्पन्न भएको थियो ।

कार्यक्रममा सुरक्षित र जिम्मेवार मोटरसाइकल चलाउने संस्कृतिलाई प्रवद्र्धन गर्ने उद्देश्यले राइडिङ सेफ्टी, रोड सेफ्टी अवेयरनेस र गियरसम्बन्धी ज्ञान आदानप्रदान तथा अन्तक्र्रिया गरिएको कम्पनीले जनाएको छ ।

सहभागीका लागि विभिन्न खेलकुद गतिविधि, फोटोसुट तथा भिडियो सुट, क्लब मिटअप, स्विमिङ, सांगीतिक प्रस्तुति (कन्सर्ट) तथा गाला डिनर कार्यक्रमसमेत गरिएको थियो । 

कान्तिपुर

Link copied successfully