छुट सुविधा एनसेल ग्राहकले ट्रिप टर्बोमार्फत यात्राका लागि टिकट लिँदा वा विविध गतिविधिमा आबद्ध हुँदा प्राप्त गर्छन् ।
काठमाडौँ — एनसेल ग्राहकले अब एनसेल एपमार्फत बस, हवाई टिकट बुकिङ वा साहसिक गतिविधिमा आकर्षक छुटका साथै विविध लाभ प्राप्त गर्न सक्ने भएका छन् ।
यसका लागि एनसेलले ट्राभल प्लेटफर्म ट्रिप टर्बोसँग एक साझेदारीपत्रमा हस्ताक्षर गरेको छ ।
यो साझेदारीअन्तर्गत ९९ वा त्यसभन्दा बढी मूल्यको प्याक खरिद गर्ने हरेक एनसेल ग्राहकले अब बस टिकट बुकिङ, आन्तरिक हवाई यात्रा र साहसिक गतिविधिलगायत कार्यमा आकर्षक छुट प्राप्त गरी बचत गर्न सक्छन् ।
ग्राहकले एनसेल एपबाटै डिजिटल रूपमा यात्रा तथा साहसिक गतिविधिसम्बन्धी विविध सुविधा सहजै प्राप्त गर्न सक्ने एनसेलले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
यो छुटको सुविधा एनसेल ग्राहकले ट्रिप टर्बोमार्फत यात्राका लागि टिकट लिँदा वा विविध गतिविधिमा आबद्ध हुँदा प्राप्त गर्छन् ।
ग्राहकले विभिन्न मनोरन्जनात्मक तथा साहसिक गतिविधिमा ८ हजारसम्मको छुट प्राप्त गर्न सक्छन् ।
ग्राहकले पहिलो पटक आन्तरिक हवाई यात्रामा २ सय र त्यसपछिका प्रत्येक आन्तरिक उडानमा १ सय ४० अनि बस टिकट बुकिङमा १ सय ११ छुट प्राप्त गर्न सक्ने एनसेलले जनाएको छ ।
