मिड भेरियन्टको मूल्य ४६ लाख ९९ हजार रुपैयाँ र टप भेरियन्टको मूल्य ५१ लाख ९९ हजार रुपैयाँ
काठमाडौँ — प्रिमियम इलेक्ट्रिक एसयूभी ओरा ५ ईभी नेपाली बजारमा सार्वजनिक गरिएको छ ।
काठमाडौंस्थित द प्लाजामा आयोजित विशेष समारोहबीच गाडी सार्वजनिक गरिएको हो ।
चीन र थाइल्यान्डपछि नेपाललाई ओरा ५ ईभीको अन्तर्राष्ट्रिय विस्तारका महत्त्वपूर्ण बजामध्ये एकका रूपमा छनोट गरिएको कम्पनीले जनाएको छ ।
‘डिजाइन विथ इन्टेलिजेन्स, सेप्ड बाई एलिगेन्स’ अवधारणामा आधारित यस गाडीमा आधुनिक प्रविधि, आकर्षक डिजाइन, उच्च सुरक्षा मापदण्ड तथा प्रिमियम सुविधा समावेश गरिएको कम्पनीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
अन्तर्राष्ट्रिय बजारमा सकारात्मक प्रतिक्रिया पाएको यस मोडलले नेपाली विद्युतीय सवारी बजारमा नयाँ आयाम थप्ने विश्वास कम्पनीको छ । ओरा ५ ईभी दुई भेरियन्टमा उपलब्ध छ ।
मिड भेरियन्टको मूल्य ४६ लाख ९९ हजार रुपैयाँ र टप भेरियन्टको मूल्य ५१ लाख ९९ हजार रुपैयाँ निर्धारण गरिएको कम्पनीले बताएको छ ।
गाडीको प्रमुख विशेषतामध्ये एकपटकको पूर्ण चार्जमा अधिकतम ५ सय २० किलोमिटरसम्मको ड्राइभिङ रेन्ज रहेको कम्पनीको दाबी छ ।
यसमा २०० एमएम ग्राउन्ड क्लियरेन्स, प्यानोरामिक मुनरुफ, प्रिमियम सिट, ३६० डिग्री सराउन्ड भ्यू क्यामेरा, १८० डिग्री च्यासिस भ्यू क्यामेरा, सेल्फ–हिलिङ पेन्ट टेक्नोलोजीलगायत आधुनिक फिचर समावेश छन् ।
