द ब्रिटिस कलेजलाई पुन: बीएसी मान्यता

बीएसीको मान्यता सन् २०३० मे ३१ सम्मका लागि मान्य रहनेछ ।

असार ४, २०८३

कान्तिपुर संवाददाता

The British College re-accredited by BAC

काठमाडौँ — ब्रिटिस एजुकेसन ग्रुप (बीईजी) अन्तर्गत सञ्चालिच द ब्रिटिस कलेज (टीबीसी) ले ब्रिटिस एक्रिडिटेसन काउन्सिल (बीएसी) बाट पुन: मान्यता प्राप्त गरेको छ ।

कलेजले स्वतन्त्र उच्च शिक्षा संस्थाका रुपमा मान्यता प्राप्त गरेको हो । नेपालमै पहिलो तथा हालसम्मको एक मात्र शैक्षिक संस्थाका रूपमा उक्त अन्तर्राष्ट्रिय मान्यता कायम राख्न सफल भएको कलेजको दाबी छ ।

कलेजद्वारा जारी विज्ञप्तिअनुसार बीएसीको मान्यता सन् २०३० मे ३१ सम्मका लागि मान्य रहनेछ ।

उक्त मान्यता प्राप्त गर्न बेलायतबाट आएका निरीक्षकहरूको टोलीले कलेजको शैक्षिक कार्यक्रम, अध्यापनको गुणस्तर, संस्थागत सुशासन, विद्यार्थी सहयोग सेवा, शैक्षिक स्रोतसाधन, भौतिक पूर्वाधार, अनलाइन शिक्षण व्यवस्था, अतिरिक्त क्रियाकलाप तथा स्नातकहरूको रोजगारी सम्भावनालगायत सम्पूर्ण पक्षको विस्तृत मूल्यांकन गरेको विज्ञप्तिमा उल्लेख छ ।  

कान्तिपुर

Link copied successfully