फोटोनलाई अवार्ड

नेपालभर २ हजारभन्दा बढी फोटोन सवारी आपूर्ति भइसकेको कम्पनीले जनाएको छ  ।

असार ४, २०८३

कान्तिपुर संवाददाता

Photon receives award

काठमाडौँ — फोटोनलाई कर्पाेरेट कमर्सियल भेहिकल अवार्ड–२०२६ प्रदान गरिएको छ ।

आधुनिक प्रविधि, सुरक्षा, दिगो गतिशीलता तथा वातावरणमैत्री यातायात समाधानमार्फत नेपालको यातायात क्षेत्रको विकासमा उल्लेखनीय योगदान पुर्‍याएको सम्मानस्वरूप कम्पनीलाई उक्त अवार्ड प्रदान गरिएको फोटोनले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

उक्त अवार्ड एमएडब्लू वृद्धि कमर्सियल भेहिकलका प्रमुख कार्यकारी अधिकृत अनिलकुमार बरालले ग्रहण गरे ।

यो सम्मानले नेपाली कमर्सियल भेहिकल बजारमा फोटोनको बढ्दो प्रभाव र नेपाललाई स्वच्छ, हरित तथा प्रभावकारी यातायात प्रणालीतर्फ अघि बढाउने कम्पनीको निरन्तर प्रतिबद्धतालाई प्रतिबिम्बित गर्ने कम्पनीको दाबी छ ।

नेपालभर २ हजारभन्दा बढी फोटोन सवारी आपूर्ति भइसकेको कम्पनीले जनाएको छ  ।
 

कान्तिपुर

Link copied successfully