नेपाल लाइफ फिफा विश्वकप २०२६ प्रसारणको सहप्रायोजक

विश्वभरका अर्बौं दर्शकको आकर्षणको केन्द्र रहने यस प्रतियोगिताले खेलकुदमार्फत मानिसहरूलाई एकताबद्ध गराउँछ ।

असार ४, २०८३

कान्तिपुर संवाददाता

Nepal Life co-sponsors FIFA World Cup 2026 broadcasts

काठमाडौँ — नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले नेपालमा फिफा विश्वकप २०२६ को प्रसारणका लागि हिमालय स्पोट्र्ससँग सह–प्रायोजकका रूपमा सहकार्य गरेको छ ।

यस सहकार्यअन्तर्गत नेपाल लाइफ फिफा विश्वकप २०२६ को प्रसारण हिमालय स्पोट्र्स टिभी तथा दिगो एपमा हुनेछ ।

विश्वकै सर्वाधिक लोकप्रिय खेल महोत्सव फिफा विश्वकप २०२६ को प्रसारणमा हिमालय स्पोट्र्ससँग सह–प्रायोजकका रूपमा सहकार्य गर्न पाउँदा आफूहरु गौरवान्वित भएको नेपाल लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत प्रवीणरमण पराजुलीले बताए ।

विश्वभरका अर्बौं दर्शकको आकर्षणको केन्द्र रहने यस प्रतियोगिताले खेलकुदमार्फत मानिसहरूलाई एकताबद्ध गराउँछ ।  

कान्तिपुर

Link copied successfully