आईकार सुपर भी२३ ले जित्यो अवार्ड

सन् १९५५ मा स्थापना भएको रेड डट अवार्डलाई आई डिजाइन अवार्ड तथा इन्टरनेसनल डिजाइन एक्सिलेन्स अवार्डसँगै विश्वकै तीन प्रतिष्ठित डिजाइन सम्मानमध्ये एक मानिने विज्ञप्तिमा जनाइएको छ ।

असार ४, २०८३

कान्तिपुर संवाददाता

iCar Super V23 wins award

काठमाडौँ — आईकार सुपर भी२३ ले रेड डट अवार्ड : डिजाइन्न कम्सेप्ट २०२६ अवार्ड पाएको छ ।

जर्मनीमा प्रदान गरिने यस सम्मानले आईकारको मौलिक डिजाइन क्षमता तथा भविष्यको मोबिलिटीप्रतिको दूरदर्शी सोचलाई अन्तर्राष्ट्रिय स्तरमा मान्यता दिएको कम्पनीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

सन् १९५५ मा स्थापना भएको रेड डट अवार्डलाई आई डिजाइन अवार्ड तथा इन्टरनेसनल डिजाइन एक्सिलेन्स अवार्डसँगै विश्वकै तीन प्रतिष्ठित डिजाइन सम्मानमध्ये एक मानिने विज्ञप्तिमा जनाइएको छ ।

उत्कृष्ट डिजाइन तथा नवप्रवर्तनलाई सम्मान गर्ने यस अवार्डलाई प्राय: ‘डिजाइनको ओस्कार’ भनेर पनि चिनिने कम्पनीको दाबी छ ।   

कान्तिपुर

Link copied successfully