सातकन्या आधारभूत विद्यालयलाई एनआईसी एसिया बैंकको सहयोग

सहयोगले विद्यार्थीको पठनपाठनमा अझ धेरै सहजता र गुणस्तरीय शैक्षिक वातावरण सिर्जना गर्न सहयोग पुग्ने बैंकको विश्वास छ

असार ३, २०८३

कान्तिपुर संवाददाता

NIC Asia Bank supports Satkanya Basic School

काठमाडौँ — एनआईसी एसिया बैंकले ललितपुरको भट्टेडाँडास्थित सातकन्या आधारभूत विद्यालयमा अध्ययनरत विद्यार्थीका लागि पोशाक प्रदान गरेको छ ।

१ सय २ विद्यार्थी अध्ययनरत रहेको उक्त विद्यालयमा आयोजित एक कार्यक्रममार्फत बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुजितकुमार शाक्य र बैंकका नायव प्रमुख कार्यकारी अधिकृत सन्तोषकुमार राठीले उक्त विद्यालयका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गोबिन्द दाहाल र विद्यालयका प्रधानाध्यापक रामप्रसाद घिमिरेलाई संयुक्त रुपमा पोसाक हस्तान्तरण गरेको बैंकले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

यस सहयोगले विद्यार्थीको पठनपाठनमा अझ धेरै सहजता र गुणस्तरीय शैक्षिक वातावरण सिर्जना गर्न सहयोग पुग्ने बैंकको विश्वास छ ।

कान्तिपुर

Link copied successfully