बजारमा एलजी एसेन्सियल सिरिजका नयाँ घरेलु उपकरण

नेपाली परिवारहरूको दैनिक आवश्यकता तथा स्थानीय परिस्थितिलाई ध्यानमा राखेर डिजाइन गरिएका यी उत्पादनले गुणस्तरीय जीवनशैलीलाई अझ सहज बनाउने एलजीको विश्वास छ ।

असार ३, २०८३

कान्तिपुर संवाददाता

New LG Essential Series Home Appliances Launched in the Market

काठमाडौँ — एलजी इलेक्ट्रोनिक सिंगापुरले आफ्नो आधिकारिक वितरक सीजी इलेक्ट्रोनिक्ससँगको सहकार्यमा नेपाली उपभोक्ताको आवश्यकता र जीवनशैलीलाई केन्द्रमा राखी विकास गरिएका नयाँ घरेलु उपकरण एलजी एसेन्सियल सिरिज सार्वजनिक गरेको छ ।

ललितपुरको भिभान्तामा आयोजित विशेष कार्यक्रममा उक्त शृंखलाको औपचारिक अनावरण गरियो । ‘हरेक घरको खुसी, घर–घरमा एलजी’ अभियानअन्तर्गत सार्वजनिक एसेन्सियल सिरिजले आधुनिक प्रविधि, उत्कृष्ट कार्यसम्पादन, टिकाउपन तथा किफायती मूल्यलाई एकैसाथ समेटेको कम्पनीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

नेपाली परिवारहरूको दैनिक आवश्यकता तथा स्थानीय परिस्थितिलाई ध्यानमा राखेर डिजाइन गरिएका यी उत्पादनले गुणस्तरीय जीवनशैलीलाई अझ सहज बनाउने एलजीको विश्वास छ ।

नयाँ शृंखलामा नेपाली बजारका लागि विशेष रूपमा डिजाइन गरिएका डठबल डोर रेफ्रिजेरेटर, फुल्ली अटोमेटिक टप लोड वासिङ मेसिन, रुम एयर कन्डिसनलगायत समावेश रहेको विज्ञप्तिमा जनाइएको छ ।

कान्तिपुर

Link copied successfully