मिस्टर एन्ड मिस नेसनलका विजेता घोषणा

विजेताले यसपाली पोल्यान्डमा हुने अन्तराष्ट्रिय प्रतिस्पर्धामा नेपालको प्रतिनिधित्व गर्नेछन् ।

असार ३, २०८३

कान्तिपुर संवाददाता

Mr. and Miss National winners announced

काठमाडौँ — चार वर्षदेखि निरन्तर प्रतियोगीतात्मक कार्यक्रम गर्दै विजेता छनोट हुने मिस्टर एन्ड मिस नेसनलको विशेष आन्तरिक छनोट विधिबाट विजेता घोषणा गरिएको छ ।

राजधानीको होटल क्राउन इम्पेरियलमा आयोजित कार्यक्रममा निर्णायकको आन्तरिक मूल्यांकनबाट गरिएको छनोटअनुसार यसपालि मिसतर्फ पूर्णिमा कार्की र मिस्टरतर्फ मृदुल आचार्य विजेता भएका छन् ।

विजेताले यसपाली पोल्यान्डमा हुने अन्तराष्ट्रिय प्रतिस्पर्धामा नेपालको प्रतिनिधित्व गर्नेछन् । मिसतर्फ पूर्णिमा कार्कीले पोल्यान्डमा हुने अन्तराष्ट्रिय प्रतियोगिता मिस सुप्रानेसनल २०२६ र मिस्टरतर्फ मृदुल आचार्यले मिस्टर सुप्रानेसल २०२६ मा नेपालको प्रतिनिधित्व गर्दै सहभागिता जनाउने विज्ञप्तिमा जनाइएको छ ।

कान्तिपुर

Link copied successfully