विशेष साधारणसभाबाट संस्थापक सेयरधनीहरुका तर्फबाट प्रतिनिधित्व गर्दै अनिलकुमार ज्ञवाली, सर्वसाधारण सेयरधनीका तर्फबाट प्रकाशचन्द्र मैनाली, डा. राजेन्द्र पण्डित र हीमादेवी खड्का केसी सञ्चालकमा निर्वाचित
काठमाडौँ — सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले दुई अर्ब बराबरको अविमोच्य असञ्चिति अग्राधिकार सेयर (प्रिफरेन्स सेयर) जारी गर्ने भएको छ ।
प्राथमिक पुँजीकोष अनुपात बढाउन, बैंकको व्यवसाय विस्तार गर्न र जोखिम बहन गर्न सक्ने क्षमता अभिवृद्धि गर्न २ अर्ब बराबरको अग्राधिकार सेयर जारी समेत गर्ने निर्णय विशेष साधारणसभाले गरेको हो ।
बैंकको आठौं विशेष साधारणसभा बैंक सञ्चालक समिति बैठकले उक्त निर्णय गरेको हो ।
विशेष साधारणसभाबाट संस्थापक सेयरधनीहरुका तर्फबाट प्रतिनिधित्व गर्दै अनिलकुमार ज्ञवाली, सर्वसाधारण सेयरधनीका तर्फबाट प्रकाशचन्द्र मैनाली, डा. राजेन्द्र पण्डित र हीमादेवी खड्का केसी सञ्चालकमा निर्वाचित भएका छन् ।
सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले देशैभर ६१ जिल्लामा फैलिएका २ सय शाखा, १ सय ६९ वटा एटीएम, ३ विस्तारित काउन्टर र ४२ वटा शाखारहित बैंकिङ इकाइबाट आधुनिक बैंकिङ सेवा प्रदान गर्दै आएको छ ।
