सन् २००६ मा पठनपाठन थालेको स्कुलमा हाल विभिन्न १८ देशका एक हजार ४ सय विद्यार्थी अध्ययरत रहेका छन् । ललितपुरको खुमलटार र काठमाडौंको बाँसबारीमा शैक्षिक कार्यक्रम सञ्चालन हुँदै आएको छ ।
काठमाडौँ — युलेन्स एजुकेसन फाउन्डेसनद्वारा सञ्चालित युलेन्स स्कुलले २०२६ ब्याचका २ सय ४६ जना विद्यार्थीलाई दीक्षित गरेको छ ।
स्कुलका अनुसार राष्ट्रिय परीक्षा बोर्ड अर्न्तगत कक्षा १२ का ५६ विद्यार्थी तथा इन्टरनेसनल ब्याचलोरियट डिप्लोमा प्रोग्राम (आईबीडीपी) का १ सय ३४ जना विद्यार्थीलाई दीक्षित गरेको हो । दीक्षित विद्यार्थीलाई विद्यालय व्यवस्थापन समितिका अध्यक्ष भोला थापा र चिकित्सक चक्रराज पाण्डेलले बधाई र शुभकामना दिएका थिए ।
सन् २००६ मा पठनपाठन थालेको स्कुलमा हाल विभिन्न १८ देशका एक हजार ४ सय विद्यार्थी अध्ययरत रहेका छन् । ललितपुरको खुमलटार र काठमाडौंको बाँसबारीमा शैक्षिक कार्यक्रम सञ्चालन हुँदै आएको छ ।
दीक्षान्त समारोहमा दीक्षित विद्यार्थी र अभिभावकहरूले युलेन्स स्कुलसँगका आफ्ना अनुभूति साझा गर्दै जटिल समयमा विद्यालयले विद्यार्थीको शैक्षिक भविष्य सुनिश्चित गर्न देखाएको उदाहरणीय प्रतिबद्धताप्रति भावनात्मक आभार प्रकट गरेका थिए ।