सीएनआईका सदस्य उद्योगमध्ये भारततर्फ सर्वाधिक निकासी गर्ने उद्योगका रूपमा लिटमस इन्डस्ट्रिज लिमिटेडलाई उक्त सम्मान प्रदान गरिएको हो
काठमाडौँ — लिटमस इन्डस्ट्रिज लिमिटेडले नेपाल उद्योग परिसंघ (सीएनआई) को २३औं वार्षिक साधारणसभामा ‘भारततर्फ सबैभन्दा बढी निकासी गर्ने उद्योग’ विधाअन्तर्गत सम्मान पाएको छ ।
सीएनआईका सदस्य उद्योगमध्ये भारततर्फ सर्वाधिक निकासी गर्ने उद्योगका रूपमा लिटमस इन्डस्ट्रिज लिमिटेडलाई उक्त सम्मान प्रदान गरिएको लिटमसले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
‘यस उपलब्धिले गुणस्तर, नवप्रवर्तन तथा उत्पादन उत्कृष्टताप्रति लिटमसको निरन्तर प्रतिबद्धतालाई प्रतिबिम्बित गर्दछ,’ विज्ञप्तिमा भनिएको छ, ‘नेपालको औद्योगिक क्षमतालाई थप सुदृढ बनाउादै, निर्यातको दायरा विस्तार गर्दै तथा राष्ट्रिय अर्थतन्त्रको विकासमा योगदान पुर्याउने लिटमसको प्रयासलाई यस सम्मानले थप पुष्टि गरेको छ ।’
