भायानेटको ‘अब स्टेडियम घरमै’

भायानेटले ग्राहकका लागि नवीनतम वाईफाई ६ प्रविधिसहितको २५० एमबिपिएस इन्टरनेट प्याकेज १३ हजार ८ सय रुपैयाँमा एक वर्षलाई उपलब्ध गराउँदै आएको जनाएको छ ।

जेष्ठ २०, २०८३

कान्तिपुर संवाददाता

Vianet's 'Now the stadium is at home'

काठमाडौँ — इन्टरनेट तथा टेलिभिजन सेवा प्रदायक भायानेट कम्युनिकेसन्सले उच्च गतिको वाईफाई ६ इन्टरनेट, भायाटिभीको मनोरञ्जन सुविधा र डामी एपको बचत सुविधासँगै ग्राहकले घरमै राम्रो मनोरञ्जन र बाहिर किनमेल तथा सेवामा थप बचतको लाभ लिन सक्ने भएका छन् ।

भायानेटको यस सिजनको सन्देश हो— ‘अब स्टेडियम घरमै, मनोरञ्जन अब घरमै ।’

भायाटिभी ग्राहकहरूले फुटबल विश्वकप २०२६ हेर्न आवश्यक कुपन पनि भायानेटमार्फत खरिद गर्न सक्ने कम्पनीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

फुटबल विश्वकप २०२६ को नेपालमा प्रसारण गर्ने अधिकार हिमालय टिभीसँग छ । ग्राहकहरूले ईसेवा, खल्ती, फोनपे, कनेक्ट आइपीएसलगायतका अनलाइन भुक्तानी एपमा ‘भायानेट खोजेर आफ्नो भायानेट ग्राहक आईडी राखी कुपन खरिद गर्न सक्नेछन्,’ कम्पनीले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘भायाटिभीमा हिमालय स्पोट्र्स च्यानल खोल्दा देखिने क्युआर कोड स्क्यान गरेर पनि कुपन खरिद गर्न सकिनेछ ।’

भुक्तानी पूरा भएपछि ग्राहकहरूले भायाटिभीमा हिमालय स्पोट्र्स च्यानल खोली, खरिद गरिएको कुपन छानेर च्यानल सक्रिय गर्न सक्ने बताइएको छ ।

भायानेटले ग्राहकका लागि नवीनतम वाईफाई ६ प्रविधिसहितको २५० एमबिपिएस इन्टरनेट प्याकेज १३ हजार ८ सय रुपैयाँमा एक वर्षलाई उपलब्ध गराउँदै आएको जनाएको छ ।

कान्तिपुर

Link copied successfully