टोलीले मिड–भ्याली इन्टरनेसनल कलेजमा कृत्रिम बुद्धिमत्ता, रोबोटिक्स, ड्रोन प्रविधि, चिनियाँ भाषा, अन्तर्राष्ट्रिय व्यापार तथा नवप्रवर्तनमा आधारित विशेष शैक्षिक कार्यक्रम सञ्चालन गर्ने बताइएको छ ।
काठमाडौँ — मिड–भ्याली इन्टरनेसनल कलेज र वाइजएडमिटबीच चीनको प्रतिष्ठित नान्जिङ युनिभर्सिटी अफ एरोनटिक्स एन्ड एस्ट्रोनटिक्स (एनयूएए) सँग शैक्षिक तथा प्राविधिक सहकार्य विस्तार गर्ने उद्देश्यले समझदारीपत्रमा हस्ताक्षर भएको छ ।
चीनको अग्रणी विश्वविद्यालयमध्ये एक मानिने एनयूएए एरोनटिक्स, इन्जिनियरिङ, कृत्रिम बुद्धिमत्ता, रोबोटिक्स, ड्रोन प्रविधि तथा नवप्रवर्तनका क्षेत्रमा विशेष रूपमा परिचित रहेको मिड–भ्यालीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
यस सहकार्यले नेपाली विद्यार्थीलाई उदीयमान प्रविधि, अन्तर्राष्ट्रिय शिक्षा तथा उद्यमशीलतासम्बन्धी अवसरसँग जोड्ने अपेक्षा गरिएको विज्ञप्तिमा जनाइएको छ । सम्झौताअनुसार एनयूएएका प्राध्यापक, अनुसन्धानकर्ता तथा शैक्षिक विज्ञको टोली नेपाल भ्रमणमा आउनेछ ।
टोलीले मिड–भ्याली इन्टरनेसनल कलेजमा कृत्रिम बुद्धिमत्ता, रोबोटिक्स, ड्रोन प्रविधि, चिनियाँ भाषा, अन्तर्राष्ट्रिय व्यापार तथा नवप्रवर्तनमा आधारित विशेष शैक्षिक कार्यक्रम सञ्चालन गर्ने बताइएको छ ।
यस पहलका लागि मिड–भ्याली इन्टरनेसनल कलेज नेपालका लागि विशेष साझेदार संस्थाका रूपमा रहने विज्ञप्तिमा उल्लेख छ ।