प्रेसिडेन्सियल ग्राजुएट स्कुलको दीक्षान्तमा ३ सय पन्ध्र विद्यार्थी दीक्षित

वेस्टक्लिफ युनिभर्सिटीका चिफ एकेडेमिक अफिसर तथा शैक्षिक मामिलाका उपाध्यक्ष डा. यिङ इभर्सन र प्रेसिडेन्सियल ग्राजुएट स्कुलका संस्थापक तथा कार्यकारी अध्यक्ष लक्ष्मण केसीले संयुक्त रूपमा दीक्षान्त समारोहको उद्घाटन गरेका थिए ।

जेष्ठ १७, २०८३

कान्तिपुर संवाददाता

315 students graduate from Presidential Graduate School

काठमाडौँ — संयुक्त राज्य अमेरिकाको वेस्टक्लिफ युनिभर्सिटीबाट सम्बन्धन प्राप्त तथा वाक्स सिनियर कलेज एन्ड युनिभर्सिटी कमिसनबाट एक्रिडिटेड प्रेसिडेन्सियल ग्राजुएट स्कुलले दीक्षान्त समारोह गरेको छ ।

समारोहमा बीबीए, एमबीए, बीएसआइटी र एमएसआईटी अध्ययन पूरा गरेका ३१५ जना विद्यार्थी दीक्षित भएको स्कुलले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।  

वेस्टक्लिफ युनिभर्सिटीका चिफ एकेडेमिक अफिसर तथा शैक्षिक मामिलाका उपाध्यक्ष डा. यिङ इभर्सन र प्रेसिडेन्सियल ग्राजुएट स्कुलका संस्थापक तथा कार्यकारी अध्यक्ष लक्ष्मण केसीले संयुक्त रूपमा दीक्षान्त समारोहको उद्घाटन गरेका थिए ।  

अहिले मानव इतिहासमै अत्यन्त तीव्र परिवर्तन भइरहेको समयमा आफूहरु बाँचिरहेको केसीले जनाए ।

‘औद्योगिक क्रान्तिले संसार बदल्न सयौं वर्ष लगाएको थियो, इन्टरनेटले विश्वलाई बदल्न केही दशक लगायो । तर एआई, रोबोटिक्स, बिगडेटा, क्लाउड कम्प्युटिङ, अटोमेसन र डिजिटल प्लेटफमले विश्वलाई केही वर्षमै पुनः परिभाषित गरिदिएको छ,’ उनले भने, ‘आज व्यवसाय गर्ने तरिका बदलिएको छ, काम गर्ने तरिका बदलिएको छ, सिक्ने र सिकाउने तरिका बदलिएको छ र सफलताको परिभाषा पनि बदलिएको छ ।’

यस वर्षको विधागत उत्कृष्ट विद्यार्थीलाई प्रदान गरिने ‘प्रेसिडेन्ट्स अवार्ड’ बीआईएसटीका विद्यार्थी आर्यन श्रेष्ठलाई प्रदान गरिएको विज्ञप्तिमा जनाइएको छ ।

साथै एमबीएका मनोज ढुंगेल र विशाल अर्याल, एमआईएसटीका सशील तिवारी र सुष्मिता श्रेष्ठ, बीबीएका विद्यासगर श्रेष्ठ र दिनेश पाठक, बीएसआईटीका प्राप्ति रिजाल र सरु खतिवडा यस वर्षका उत्कृष्ट विद्यार्थी बनेको विज्ञप्तिमा जनाइएको छ ।  


कान्तिपुर

Link copied successfully