विद्यालयलाई वाईफाई नेपालले दियो खेलकुद सामग्री

कार्यक्रममा वाईफाई नेपालका ब्रान्ड एम्बेसडर एवं नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान पारस खड्काको विशेष उपस्थिति थियो ।

जेष्ठ १६, २०८३

कान्तिपुर संवाददाता

WiFi Nepal provides sports equipment to schools

काठमाडौँ — इन्टरनेट सेवा प्रदायक कम्पनी वाईफाई नेपालले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत पोखरास्थित अमरसिंह माध्यमिक विद्यालयलाई खेलकुद सामग्री हस्तान्तरण गरेको छ ।

विद्यार्थीहरूमा खेलकुदप्रतिको रुचि जगाउन, अनुशासनको भावना विकास गर्न तथा समुदायसँगको सम्बन्धलाई थप सुदृढ बनाउने उद्देश्यले उक्त कार्यक्रम आयोजना गरिएको कम्पनीले जनाएको छ ।

विशेष कार्यक्रममा वाईफाई नेपालका ब्रान्ड एम्बेसडर एवं नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान पारस खड्काको विशेष उपस्थिति थियो ।

सार्वजनिक बिदाको दिन भए पनि आफ्ना प्रिय क्रिकेटरलाई भेट्न र उनको प्रेरणादायी सन्देश सुन्न विद्यालयका विद्यार्थी, शिक्षक तथा स्थानीय समुदायको उल्लेखनीय सहभागिता थियो ।

‘वाईफाई नेपालको यस उदाहरणीय सामाजिक कार्यमा सहभागी हुन पाउँदा मलाई अत्यन्त खुसी लागेको छ,’ खड्काले भने, ‘समुदायप्रतिको उत्तरदायित्व निभाउँदै कम्पनीले समाजमा सकारात्मक प्रभाव सिर्जना गरिरहेको छ ।’

कान्तिपुर

Link copied successfully