कजारिया रमेश टायल्सका निर्देशक हिमांशु अग्रवाल र मिस नेपाल वल्र्ड २०२४ आस्मा कुमारी केसीलगायतले शोरुम उद्घाटन गरे ।
काठमाडौँ — कजारिया रमेश टायल्स लिमिटेडले नवलपुरको दलदलेमा आफ्नो नयाँ शोरुम सुरु गरेको छ ।
राइनो टायल एन्ड मार्बल ट्रेड लिंकले व्यवस्थापन गरेको नयाँ शोरुमले विश्वस्तरीय र प्रतिष्ठित वाल तथा फ्लोर टायलहरू सिधै स्थानीय उपभोक्ताहरूमाझ उपलब्ध गराउने कम्पनीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
कजारिया रमेश टायल्सका निर्देशक हिमांशु अग्रवाल र मिस नेपाल वल्र्ड २०२४ आस्मा कुमारी केसीलगायतले शोरुम उद्घाटन गरे ।
शोरुमलाई ग्राहकलाई आकर्षित गर्ने र सहजता प्रदान गर्ने किसिमको आधुनिक शैलीमा व्यवस्थित गरिएको विज्ञप्तिमा उल्लेख छ ।
ग्राहकले कजारिया उत्कृष्ट वाल र फ्लोर टायल्सका विविध विकल्प प्रत्यक्ष रूपमा छामेर, यसका बुट्टा र फिनिसिङ अवलोकन गरी आफ्ना घर तथा परियोजनाहरूका लागि उपयुक्त डिजाइन सहजै रोज्न सक्ने कम्पनीको भनाइ छ ।
हाल कजारियाले नेपालभर १ सयभन्दा बढी शोरूमकोसञ्जाल विस्तार गरिसकेको बताएको छ ।
