अनर ६०० को मूल्य ८ जीबी प्लस २५६ जीबीको मूल्य ८४ हजार ९ सय ९९ र १२ जीबी प्लस २५६ जीबीको मूल्य ८९ हजार ९ सय ९९ रुपैयाँ, अनर ६०० प्रोको १२ जीबी प्लस २५६ जीबीको मूल्य १ लाख २९ हजार ९ सय ९९ रुपैयाँ
काठमाडौँ — अनर ६०० सिरिजले अत्याधुनिक स्मार्टफोन प्रविधिको नयाँ युग नेपालमा ल्याउँदै अनर ६०० र अनर ६०० प्रो सार्वजनिक गरेको छ ।
उन्नत एआई फिचरहरू, प्रिमियम डिजाइन र फ्ल्यागसिप स्तरको प्रदर्शनसहित तयार गरिएको यो नयाँ सिरिजले दैनिक क्षणलाई असाधारण अनुभवमा परिवर्तन गर्ने लक्ष्य राखेको कम्पनीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
‘आकर्षक डिजाइन र स्मार्ट इनोभेसनको संयोजनसहित अनर ६०० सिरिज ती प्रयोगकर्ताका लागि निर्माण गरिएको हो, जो हरेक दिन अझ धेरै सिर्जना गर्न, कैद गर्न, र अनुभव गर्न चाहन्छन्,’ विज्ञप्तिमा भनिएको छ ।
अनर ६०० को मूल्य ८ जीबी प्लस २५६ जीबीको मूल्य ८४ हजार ९ सय ९९ र १२ जीबी प्लस २५६ जीबीको मूल्य ८९ हजार ९ सय ९९ रुपैयाँ तोकिएको कम्पनीको भनाइ छ ।
यसैगरी अनर ६०० प्रोको १२ जीबी प्लस २५६ जीबीको मूल्य १ लाख २९ हजार ९ सय ९९ रुपैयाँ रहेको विज्ञप्तिमा उल्लेख छ ।
