टेली डिजिटलले गर्यो नेपालमा ह्वाट्सएप बिजनेस एपीआईसम्बन्धी कार्यक्रम

कार्यक्रममा ह्वाट्सएप बिजनेस एपीआईमार्फत ग्राहक सेवा, लिड जेनेरेसन, बिक्री रूपान्तरण, ग्राहक टिकाइ राख्ने रणनीति तथा व्यक्तिगत स्तरको संवादलाई कसरी प्रभावकारी बनाउन सकिन्छ भन्ने विषयमा छलफल गरिएको छ ।

जेष्ठ ८, २०८३

कान्तिपुर संवाददाता

Tele Digital held a program related to WhatsApp Business API in Nepal

काठमाडौँ — रमेश कर्पअन्तर्गतको टेली डिजिटल सर्भिसेस प्रालिले मेटासँगको सहकार्यमा ७ जेठमा ‘द कनभरफरेन्स’ नामक विशेष कार्यक्रम आयोजना गरेको छ ।

नेपाली व्यवसायलाई संवादात्मक व्यापारको सम्भावना र ह्वाट्सएप बिजनेस एपीआईको उपयोगबारे जानकारी गराउने उद्देश्यले आयोजित उक्त कार्यक्रममा नेपालका विभिन्न कर्पोरेट क्षेत्रका व्यवसायिक नेतृत्वकर्ता, ब्रान्ड मार्केटर तथा डिजिटल निर्णयकर्ताहरूको सहभागिता रहेको कम्पनीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

  
नेपालको डिजिटल क्षेत्रमा महत्त्वपूर्ण उपलब्धिका रूपमा हेरिएको यस कार्यक्रममा मेटाका एपीएसी क्षेत्रीय साझेदारी प्रबन्धक अलबर्ट तियोङले मुख्य वक्ताका रूपमा सम्बोधन गरेका थिए ।

उनको उपस्थितिले नेपाललाई संवादात्मक व्यापारका लागि उदाउँदो तथा रणनीतिक रूपमा महत्त्वपूर्ण बजारका रूपमा मेटाले लिएको प्राथमिकतालाई झल्काएको कम्पनीको दाबी छ ।  


‘द कनभरफरेन्स’ कार्यक्रममा नेपालका प्रतिष्ठित कम्पनीका उच्च अधिकारीहरू सहभागी थिए ।

कार्यक्रममा ह्वाट्सएप बिजनेस एपीआईमार्फत ग्राहक सेवा, लिड जेनेरेसन, बिक्री रूपान्तरण, ग्राहक टिकाइ राख्ने रणनीति तथा व्यक्तिगत स्तरको संवादलाई कसरी प्रभावकारी बनाउन सकिन्छ भन्ने विषयमा छलफल गरिएको विज्ञप्तिमा उल्लेख छ ।

कार्यक्रममा विश्वव्यापी व्यवसायिक म्यासेजिङ प्रवृत्तिबारे जानकारी दिँदै मेटाका म्यासेजिङ प्लेटफर्महरूमा प्रत्येक साता एक अर्बभन्दा बढी मानिस व्यवसायसँग जोडिने तथ्य प्रस्तुत गरिएको थियो ।

कान्तिपुर

Link copied successfully