विभिन्न स्थानमा गरिएको वित्तीय साक्षरता कार्यक्रममा बैंकिङ सेवा (मोबाइल बैंकिङ, स्मार्ट क्यूआर, निक्षेप, कर्जा, विप्रेषण आदि) सँग सम्बन्धित विषयवस्तु समेटिएको बैंकले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
काठमाडौँ — ३२औं वर्षमा प्रवेश गरेको अवसरमा महालक्ष्मी वकास बैंकले विभिन्न कार्यक्रम आयोजना गरेको छ ।
बैंकले वित्तीय साक्षरतासहितको प्रभातफेरिदेखि बृहत निशुल्क स्वास्थ्य शिविरसम्मका कार्यक्रम गरेको छ ।
विभिन्न स्थानमा गरिएको वित्तीय साक्षरता कार्यक्रममा बैंकिङ सेवा (मोबाइल बैंकिङ, स्मार्ट क्यूआर, निक्षेप, कर्जा, विप्रेषण आदि) सँग सम्बन्धित विषयवस्तु समेटिएको बैंकले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
यस अवसरमा बैंकको केन्द्रीय कार्यालयमा बृहत निःशुल्क स्वास्थ्य शिविर (दन्त तथा आँखा शिविर) समेत सञ्चालन गरिएको विज्ञप्तिमा जनाइएको छ ।
बैंकले सस्ंकृति प्रवर्द्धन तथा मन्दिर सरसफाइलाई प्राथमिकतामा राखी विभिन्न स्थानमा रहेका महालक्ष्मी मन्दिरमा सरसफाइलगायत सामग्री हस्तान्तरण गरिएको बैंकले जनाएको छ ।