मिस नेपाल २०२६ सँगको यस आबद्धतामार्फत कजारियाले टायल र डिजाइन सोलुसन्सको दायराभन्दा बाहिर गएर आफ्नो उपस्थितिलाई मजबुत बनाउने लक्ष्य राखेको छ
काठमाडौँ — सेरामिक र भिट्रिफाइड टायल उद्योग ब्रान्ड कजारिया ‘द हिडन ट्रेजर मिस नेपाल २०२६’ को मुख्य प्रायोजक बनेको छ ।
यो साझेदारी केवल एक प्रायोजन मात्र नभई नेपालीहरूको आकांक्षासँग जोडिने कजारियाको प्रतिबद्धता रहेको कम्पनीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
यस मञ्चले सपनाहरूलाई प्रेरित गर्ने, सफलताको उत्सव मनाउने र आत्मविश्वासले भरिएको नयाँ पुस्तालाई सशक्त बनाउने लक्ष्य राखेको जनाइएको छ ।
‘मिस नेपाल २०२६ सँगको यस आबद्धतामार्फत कजारियाले टायल र डिजाइन सोलुसन्सको दायराभन्दा बाहिर गएर आफ्नो उपस्थितिलाई मजबुत बनाउने लक्ष्य राखेको छ,’ विज्ञप्तिमा भनिएको छ, ‘यसले आफूलाई आकांक्षा, भव्यता, आत्मविश्वास र आधुनिक नेपाली उत्कृष्टतालाई प्रतिनिधित्व गर्ने ब्रान्डका रूपमा स्थापित गर्न खोजेको छ ।’
