फेस्टिभलमा बालबालिकाका लागि विभिन्न खेलहरू, ३ह३ बास्केटबल, ई–स्पोट्र्स, सांस्कृतिक झाँकीहरू, विभिन्न स्वादका खानाका स्टल र रिफ्रेसिङ पेय पदार्थ, सांगीतिक माहोल आदिको व्यवस्था गरिएको छ ।
काठमाडौँ — काठमाडौंको दरबारमार्गको शनिबार १९औं दरबारमार्ग स्ट्रिट फेस्टिभल आयोजना हुँदै छ ।
यस वर्ष ‘एक्सट्रिम इनर्जी ड्रिंंक’ को मुख्य प्रायोजनमा यो उत्सवलाई ‘एक्सट्रीम स्याटर्डे’ का रूपमा अझ ऊर्जावान् बनाउन लागिएको आयोजकले जनाएको छ ।
दरबारमार्ग विकास बोर्डको पहलमा माभरिक्स ग्रुप र आर्बिट्ररी इभेन्ट्सद्वारा आयोजित यस महोत्सवले सबै उमेर समूहका दर्शकलाई भरपुर मनोरञ्जन दिने लक्ष्य छ । हरेक वर्ष झैं स्ट्रिट फेस्टिभलको भरपुर मजा निःशुल्क लिन पाइने बताइएको छ ।
फेस्टिभलमा बालबालिकाका लागि विभिन्न खेलहरू, ३x३ बास्केटबल, ई–स्पोर्ट्स, सांस्कृतिक झाँकीहरू, विभिन्न स्वादका खानाका स्टल र रिफ्रेसिङ पेय पदार्थ, सांगीतिक माहोल आदिको व्यवस्था गरिएको आयोजकको भनाइ छ ।
‘एक्सट्रिम स्याटर्डे’ महोत्सव काठमाडौंको सांस्कृतिक र पर्यटकीय पहिचान बनिसकेको दरबारमार्ग स्ट्रिट फेस्टिभलले एकता र खुसी साटासाट गर्ने माध्यम प्रदान गर्दै आएको आयोजकको विश्वास छ ।
