सीएनआईले गर्‍यो आर्थिक तथा औद्योगिक विश्लेषण

छलफल सत्रमा पूर्वमन्त्री अनिलकुमार सिन्हा, पूर्वअर्थमन्त्री रामेश्वरप्रसाद खनाल र सीएनआईका अध्यक्ष वीरेन्द्रराज पाण्डे सहभागी थिए ।

जेष्ठ ७, २०८३

कान्तिपुर संवाददाता

CNI conducted economic and industrial analysis

काठमाडौँ — नेपाल उद्योग परिसंघ (सीएनआई) को युुवा संगठन सीएनआई युवा उद्यमी मञ्चले काठमाडौंमा ‘नेपालको आर्थिक तथा औद्योगिक अवस्थाको विश्लेषण’ कार्यक्रम गरेको छ ।

कार्यक्रममा नेपाली अर्थतन्त्रका संरचनागत चुनौती, विकासका सम्भावना तथा नीतिगत सुधारका आवश्यकताबारे गहन छलफल गरियो ।

यसले युवा व्यवसायी, नीति विज्ञ तथा उद्योग क्षेत्रका सरोकारवालालाई एउटै मञ्चमा ल्याएको सीएनआई वाईएफकी उपाध्यक्ष निदा दुन मल्लले बताइन् ।

छलफलमा नेपालको वित्तीय साथै कानुनी ढाँचा निर्माणमा महत्त्वपूर्ण भूमिका निर्वाह गरेका विज्ञसमेत सहभागी रहेको सीएनआईले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

छलफल सत्रमा पूर्वमन्त्री अनिलकुमार सिन्हा, पूर्वअर्थमन्त्री रामेश्वरप्रसाद खनाल र सीएनआईका अध्यक्ष वीरेन्द्रराज पाण्डे सहभागी थिए ।

कान्तिपुर

Link copied successfully