एक सातामै लुम्बिनीमा लामिनारका तीन एम्पोरियो शोरुम

लमिनारले देशभर एम्पोरियो शोरुम सञ्जाल विस्तार गर्दै टायललाई प्रयोगअनुसार बुझ्ने र छनोट गर्ने प्रक्रियालाई थप व्यवस्थित बनाउँदै लैजाने कम्पनीको लक्ष्य रहेको जनाएको छ ।

जेष्ठ ६, २०८३

कान्तिपुर संवाददाता

Three Emporio showrooms of Laminar in Lumbini within a week

काठमाडौँ — नेपालको टायल ब्रान्ड लामिनारले एक साताभित्रै लुम्बिनीमा तीन वटा एम्पोरियो डिलर शोरुम सञ्चालनमा ल्याएको छ ।

लामिनारले रुपन्देहीको बुटवल–१३, बेलबासमा जनता ट्रेड लिंक एन्ड कन्स्ट्रक्सन प्रालि, भैरहवावाको सिद्धार्थनगरमा जेजे स्टोनेक्स प्रालि र दाङको तुल्सीपुर–५ मा सिद्धार्थ मार्बल हाउस प्रालिसँगको सहकार्यमा नयाँ शोरुम सञ्चालनमा ल्याएको हो ।

प्रिमियम टायलका लागि जहिले पनि ठूला सहरमा निर्भर रहनुपर्ने बाध्यताबीच लामिनारले स्थानीय तहमै गुणस्तरिय टायलको विक्रीवितरण सुरु गरेको कम्पनीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

‘लमिनारका टायल बर्दियास्थित कारखानामा उत्पादन हुने पूर्ण भिट्रिफाईड टायल (एनएस ६१७, पूर्ण भिट्रिफाइड) हुन्,’ विज्ञप्तिमा भनिएको छ, ‘यस्तो टायल कम पानी सोस्ने र बलियो हुने भएकाले घर, होटल, कार्यालय तथा विभिन्न व्यावसायिक र सार्वजनिक प्रयोगका ठाउँमा प्रयोग गर्न मिल्छ ।’

लमिनारले देशभर एम्पोरियो शोरुम सञ्जाल विस्तार गर्दै टायललाई प्रयोगअनुसार बुझ्ने र छनोट गर्ने प्रक्रियालाई थप व्यवस्थित बनाउँदै लैजाने कम्पनीको लक्ष्य रहेको जनाएको छ ।

१ सय ६० भन्दा बढी शोरुम विस्तार गर्ने कम्पनीको लक्ष्य छ ।

कान्तिपुर

Link copied successfully