बैंकिङ तथा व्यवस्थापन क्षेत्रमा अब्बल मानन्धरले विभिन्न वाणिज्य बैंकको उच्च कार्यकारी भुमिका रही कार्य गरेको अनुभव र पछिल्लो समय डिस मिडिया नेटवर्क लिमा प्रमुख कार्यकारी अधिकृतका रुपमा काम गरिरहेका थिए ।
काठमाडौँ — मुक्तिनाथ विकास बैंकको प्रमुख कार्यकारी अधिकृत पदमा तारा मानन्धर नियुक्त भएका छन् ।
उनले पदभारसमेत ग्रहण गरिसकेको बैंकले जनाएको छ । बैंकिङ तथा व्यवस्थापन क्षेत्रमा अब्बल मानन्धरले विभिन्न वाणिज्य बैंकको उच्च कार्यकारी भुमिका रही कार्य गरेको अनुभव र पछिल्लो समय डिस मिडिया नेटवर्क लिमा प्रमुख कार्यकारी अधिकृतका रुपमा काम गरिरहेका थिए ।
मानन्धरको नेतृत्वले संस्थागत तथा रणनीतिक विकास, सुशासन तथा दिगो बैंकिङ अभ्यासलाई थप प्रभावकारी बनाउने विश्वास बैंकले लिएको छ ।
बैंकको दीर्घकालीन लक्ष्य, उच्चस्तरीय ग्राहक सेवा, कर्मचारीहरुको उच्च मनोबल तथा सरोकारवालाले राखेको विश्वासलाई अझ सुदृढ बनाउँदै बैंकलाई नयाँ उचाइमा पु¥याउने मनन्धरले प्रतिबद्धता जनाए ।
