एजेन्सीले विशेषगरी विश्वव्यापी डिजिटल प्लाटफर्म टिकटकसँगको सहकार्यमा सञ्चालित अभियानमार्फत सफलता हासिल गरेको जनाएको छ ।
काठमाडौँ — मार्केटिङ तथा सञ्चार एजेन्सी भी–चित्र प्रालिले एसिया–प्रशान्त क्षेत्रकै प्रतिष्ठित ग्राहक संलग्नता तथा सञ्चारसम्बन्धी अवार्ड हासिल गरेको छ ।
मुम्बईस्थित द वेस्टिन मुम्बई गार्डेन सिटीमा गत अप्रिल ३० मा आयोजित १५औं एसीईएफ ग्लोबल कस्टमर इन्गेजमेन्ट अवार्ड्स २०२६ मा कम्पनीले पब्लिक रिलेसन्स (पीआर) विधातर्फ ‘पीआर एजेन्सी अफ द इयर’ उपाधिसमेत जितेको भी–चित्रले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
एजेन्सीले विशेषगरी विश्वव्यापी डिजिटल प्लाटफर्म टिकटकसँगको सहकार्यमा सञ्चालित अभियानमार्फत सफलता हासिल गरेको जनाएको छ ।
कम्पनीले ‘टिकटक फेमिली पेयरिङ’ अभियानका लागि ‘बेस्ट इन्टिग्रेटेड पीआर एन्ड डिजिटल इन्गेजमेन्ट’ र ‘बेस्ट मिडिया रिलेसन्स क्याम्पेन’ विधामा अवार्ड जितेको हो ।
नेपालमा सन् २०२५ मा टिकटकमाथिको प्रतिबन्ध हटाइएपछि किशोरकिशोरीको डिजिटल सुरक्षासम्बन्धी बढ्दो चासोलाई लक्ष्य गर्दै उक्त अभियान सञ्चालन गरिएको कम्पनीले जनाएको छ ।
कम्पनीका अनुसार अभियानले १ सय ४० भन्दा बढी मिडिया कभरेज, ३ करोड ४० लाखभन्दा बढी क्रिएटर भ्युज तथा ५८ लाख इन्गेजमेन्ट प्राप्त गरेको थियो ।
यसले टिकटकलाई ‘चासोको विषय बनेको प्लाटफर्म’ बाट ‘जिम्मेवार प्लाटफर्म’का रूपमा पुनःस्थापित गर्न सहयोग पुगेको कम्पनीको दाबी छ ।
