सिटिजन लाइफलाई ‘बेस्ट लाइफ इन्स्योरेन्स कम्पनी अफ द इयर’

इन्डियन चेम्बर अफ कमर्सले थाइल्यान्डको बैंककमा आयोजना गरेको समारोहबीच यो पुरस्कार घोषणा गरिएको थियो सिटिजनले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

जेष्ठ ४, २०८३

कान्तिपुर संवाददाता

Citizen Life named 'Best Life Insurance Company of the Year'

काठमाडौँ — सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड सम्मानित भएको छ ।

‘छैटौं इमर्जिङ एसिया इन्स्योरेन्स अवार्ड्स २०२५’ अन्तर्गत नेपालकै उत्कृष्ट विधा ‘बेस्ट लाइफ इन्स्योरेन्स कम्पनी अफ द इयर–नेपाल’ बाट सिटिजन सम्मानित भएको हो ।

इन्डियन चेम्बर अफ कमर्सले थाइल्यान्डको बैंककमा आयोजना गरेको समारोहबीच यो पुरस्कार घोषणा गरिएको थियो सिटिजनले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

यो पुरस्कारले सिटिजन लाइफ इन्स्योरेन्सको सुदृढ वित्तीय अवस्था, उत्कृष्ट ग्राहक सेवा, परिष्कृत डिजिटल प्रविधि र आम नागरिकमाझ जीवन बिमाको पहुँच पुर्‍याउन खेलेको नेतृत्वदायी भूमिकालाई अन्तर्राष्ट्रियस्तरमा पुनः प्रमाणित गरेको सिटिजनको दाबी छ ।

कान्तिपुर

Link copied successfully