कलेज टु वाच : काठमाडौं वर्ल्ड स्कुलमा ‘भीम्याग’

होस्टेलमा परिवारमा जस्तै महसुस हुने, पाठ्यपुस्तकभन्दा बाहिरी सिकाइ समेत यस विद्यालयमा प्राथमिकता दिइन्छ ।

वैशाख ३१, २०८३

कान्तिपुर संवाददाता

College to Watch: 'Bhimaag' at Kathmandu World School

काठमाडौँ — ‘भीम्याग’ टिम काठमाडौं वर्ल्ड स्कुल पुगेको छ । नेपालमा सञ्चालित विभिन्न कलेजको शैक्षिक वातावरण तथा गुणस्तर, अतिरिक्त क्रियाकलापलगायतका सुविधाबारे जानकारी दिने क्रममा भीम्याग उक्त स्कुल पुगेको हो । यो स्कुल विशिष्ट श्रेणी कायम भएको शिक्षण संस्था हो ।   

निर्धारित  पाठ्यक्रमसँगै स्कुलले स्थापनाकालदेखि नै विद्यार्थीको रुचिअनुसारका पेसासँग सम्बन्धित अतिरिक्त कक्षाहरूलाई प्राथमिकता दिँदै आएको दाबी छ ।  उपत्यका र त्यस बाहिरबाट आएका विद्यार्थीहरू एउटै छानामुनि भेला हुने गरेका छन् । ‘स्कुल टु वाच’ अन्तर्गत गरिएको भ्रमणमा काठमाडौं वर्ल्ड स्कुलमा शिक्षासँगै राम्रो होस्टलको व्यवस्था रहेको पाइएको छ । 

होस्टेलमा परिवारमा जस्तै महसुस हुने, पाठ्यपुस्तकभन्दा बाहिरी सिकाइ समेत यस विद्यालयमा प्राथमिकता दिइन्छ । उक्त स्कुलमा ड्रोन प्रविधि, राष्ट्रियस्तरको खेलकुद प्रशिक्षण, अन्तर्राष्ट्रिय शैक्षिक सहकार्य, विद्यार्थीलाई सुविधायुक्त बसहरुको व्यवस्थासमेत रहेको छ ।

शब्द सुधार:

    • यहाँ लेख्नुहोस्...

कान्तिपुर

Link copied successfully