इन्डिया-नेपाल स्टार्टअप पार्टनरशिपको दोस्रो संस्करणको आवेदन खुला

आर्टिफिसियल इन्टेलिजेन्स, नेटवर्किङ र प्रस्तुतीकरण सीप विकासका लागि ८ हप्ते तालिममा सहभागी हुन १९ मेसम्म आवेदन दिन सकिने भारतीय दूतावासले जनाएको छ ।

वैशाख २९, २०८३

कान्तिपुर संवाददाता

Applications open for the second edition of the India-Nepal Startup Partnership

काठमाडौँ — दोस्रो संस्करणको ‘इन्डिया-नेपाल स्टार्टअप पार्टनरशिप (इन–स्पान)’ का लागि आवेदन खुला भएको छ । नेपालस्थित भारतीय दुतावास, भारत-नेपाल स्टार्टप साझेदारी नेटवर्क र आईआईटीएम पर्वतक टेक्नोलोजी फाउन्डेसनको सहकार्यमा सञ्चालन हुने कार्यक्रममा उद्यमशीलता तालिम प्रदान गरिनेछ ।

जुन १ देखि जुलाई ३१ सम्मको ८ हप्ते उद्यमशीलता बुटक्याम्पमा आर्टिफिसियल इनटेलिजेन्स (एआई) सम्बन्धी सीप विकास, व्यावसायिक सञ्जाल विस्तार तथा स्टार्टअप प्रस्तुतीकरणसम्बन्धी प्रशिक्षण प्रदान गरिने काठमाडौँस्थित भारतीय दुतावासले जनाएको छ ।

युवा उद्यमी तथा स्टार्टअप क्षेत्रमा रुचि भएका सहभागीलाई लक्षित गरी आयोजना गरिएको कार्यक्रम भारतको चेन्नईस्थित आईआईटी मद्रास प्रवर्तक टेक्नोलोजिज फाउन्डेसनमा सञ्चालन हुनेछ । 

आवेदन प्रक्रिया  मे ८ देखि सुरु भए र इच्छुकले १९ मेसम्म आवेदन दिन सक्नेछन् । छनोटको नतिजा २५ मेमा सार्वजनिक गरिने दूतावासको विज्ञप्तीमा उल्लेख छ । उद्यमशीलता प्रशिक्षण, नेटवर्किङ र प्रस्तुतीकरण, सीईओलाई एआई सिपजस्ता कार्यक्रम तय गरिएका छन् । 

कान्तिपुर

Link copied successfully