जिल्लाभरिका ८४ जना निर्माण व्यवसायी आबद्ध रहेको संघले निर्माण व्यवसायीको हकहितका साथै जिल्लाको विकास निर्माणलाई छिटो र गुणस्तरीय बनाउन भूमिका खेल्ने नवनिर्वाचित अध्यक्ष शेरबहादुर बोहराले बताए ।
बझाङ — निर्माण व्यवसायी संघ बझाङले शेरबहादुर बोहराको अध्यक्षतामा नयाँ कार्यसमिति गठन गरेको छ । सोमबार सम्पन्न अधिवेशनले २१ सदस्यीय कार्यसमिति चयन गरेको हो ।
अधिवेशनले समितिको वरिष्ठ उपाध्यक्षमा राजेन्द्रबहादुर खड्का, प्रथम उपाध्यक्षमा दिनेशबहादुर बोहरा, द्वितीय उपाध्यक्ष हेमन्त भण्डारी र महासचिवमा पुस्कर रोकायालाई निर्विरोध निर्वाचित गरेको हो । यस्तै आन्तरिक उपमहासचिवमा भरत कठायत, नीतिगत उपमहासचिवमा जोगबहादुर दौल्याल, कोषाध्यक्षमा पिटर विष्ट र सहकोषाध्यक्षमा प्रेमबहादुर सिंह चयन भएको निर्वाचन समितिले जनाएको छ ।
सदस्यहरूमा गंगबहादुर खड्का, पूर्णबहादुर खड्का, पुरन धामी, शेरबहादुर खड्का, देवेन्द्र खड्का, ज्ञानबहादुर रोकाया, कृष्णचन्द्र पुजारा, ईश्वर भण्डारी, वीरेन्द्र विष्ट, सन्तोषबहादुर सिंह, कृष्णाकुमारी शर्मा जोशी र चक्रबहादुर बोहरा निर्वाचित भएको निर्वाचन अधिकृत धनबहादुर खड्काले बताए ।
जिल्लाभरिका ८४ जना निर्माण व्यवसायी आबद्ध रहेको संघले निर्माण व्यवसायीको हकहितका साथै जिल्लाको विकास निर्माणलाई छिटो र गुणस्तरीय बनाउन भूमिका खेल्ने नवनिर्वाचित अध्यक्ष शेरबहादुर बोहराले बताए ।