नेपाल टेलिकमको नयाँ प्रिपेड ई–सिम अनलाइनबाटै लिन सकिने र व्यक्ति स्वयं कार्यालयमा उपस्थित हुनु नपर्ने कम्पनीले जनाएको छ ।
काठमाडौँ — नयाँ प्रिपेड ई–सिम लिन चाहने सेवाग्राहीले esim.ntc.net.np लग इन गरी त्यहाँ रहेको Get New Prepaid eSIM मा क्लिक गरेपश्चात दिइएको निर्देशन अनुसार रजिष्टर गरी विवरण उपलब्ध गराउनु पर्नेछ । त्यसपछि विभिन्न वालेट तथा क्यूआर कोडमार्फत रकम भुक्तानी गरे पश्चात ई–सिमको क्यूआर कोड उपलब्ध हुने र कोड स्क्यान गरी मोबाइल सेटको सेटिङमार्फत ई–सिम सक्रिय गर्न सकिने विज्ञप्तिमा उल्लेख छ ।
