दाङमा कजारियाको नयाँ शोरुम

ग्राहकलाई व्यावहारिक र सहज किनमेलको अनुभव प्रदान गर्ने गरी नयाँ शोरुम डिजाइन गरिएको बताइएको छ ।

वैशाख २८, २०८३

कान्तिपुर संवाददाता

Kajaria's new showroom in Dang

काठमाडौँ — कजारिया रमेश टायल्स लिमिटेडले दाङको हापुरेमा नयाँ शोरुम सञ्चालनमा ल्याएको छ ।

हापुरे मार्बल प्रालिद्वारा व्यवस्थापन गरिने यस शोरुमले स्थानीय, आर्किटेक्ट र डिजाइनरलाई कम्पनीका उच्च गुणस्तरीय टायल्स र इन्टेरियर समाधानको उत्कृष्ट अनुभव प्रदान गर्ने कम्पनीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

ग्राहकलाई व्यावहारिक र सहज किनमेलको अनुभव प्रदान गर्ने गरी नयाँ शोरुम डिजाइन गरिएको बताइएको छ । ‘यहाँ कजारियाका अत्याधुनिक फ्लोर र वाल टायल्सको फराकिलो दायरा उपलब्ध छ । ग्राहकहरूले यहाँ विभिन्न टेक्सचर र फिनिस प्रत्यक्ष रूपमा अवलोकन गर्न सक्नेछन्, जसले उनीहरूको घर वा परियोजनाका लागि उत्कृष्ट छनोट गर्न मद्दत पुर्‍याउनेछ,’ विज्ञप्तिमा जनाइएको छ । कजारिया रमेश टायल्स लिमिटेडले उन्नत प्रविधिसहितको देशकै सबैभन्दा ठूलो टायल उत्पादन उद्योग स्थापना गरी नेपालमा टायल उद्योगलाई नयाँ परिभाषा दिएको दाबी गरेको छ ।

कान्तिपुर

Link copied successfully