काठमाडौंको भृकुटीमण्डपमा २८ वैशाखदेखि ३ जेठसम्म कार्निभल सञ्चालन हुने कम्पनीले जनाएको छ ।
काठमाडौँ — नेपालका लागि बजाजको आधिकारिक वितरक हंसराज हुलासचन्द एण्ड कम्पनीले ग्राहकका लागि विशेष अफरसहित ‘न्यु खोज्नेलाई झ्याम्मै, ग्रान्ड एक्सचेन्ज कार्निभल’ सुरु गरेको छ ।
काठमाडौंको भृकुटीमण्डपमा २८ वैशाखदेखि ३ जेठसम्म कार्निभल सञ्चालन हुने कम्पनीले जनाएको छ । कार्यक्रममा ग्राहकले आफ्नो पुरानो मोटरसाइकल वा स्कुटर साटेर नयाँ बजाज मोटरसाइकल किन्दा विभिन्न आकर्षक सुविधा प्राप्त गर्न सक्ने कम्पनीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । नयाँ बजाज मोटरसाइकल किन्दा ग्राहकले १ लाखसम्म नगद छुट प्राप्त गर्न सक्ने पनि कम्पनीले बताएको छ । यसका अतिरिक्त, ग्राहकले कार्निभल स्थलमै सहज वित्तीय सुविधा, निःशुल्क एसेसरिज तथा निःशुल्क सेवा शुल्कलगायतका सुविधा पाउने कम्पनीले जनाएको छ ।
