स्पार्क ५० फोरजी नेपालभर ६ जीबी र्याम तथा १२८ जीबी रोम भेरिएन्टमा उपलब्ध छ, जसको मूल्य २६ हजार ९ सय ९९ रुपैयाँ छ ।
काठमाडौँ — स्मार्टफोन निर्माता टेक्नोले स्पार्क ५० फोरजी मोबाइल सार्वजनिक गरेको छ ।
भरपर्दो ब्याट्री, उत्कृष्ट मनोरञ्जन अनुभव र आकर्षक डिजाइनको खोजीमा रहेका उपभोक्तालाई लक्ष्य गरेर यो स्मार्टफोनले शक्तिशाली हार्डवेयर र कृत्रिम बुद्धिमतामा आधारित सुविधाहरूलाई एउटै प्याकेजमा समेटेको कम्पनीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
कम्पनीले यसलाई ‘पावर पनि स्टाइलिस पनि’ भन्ने नाराका साथ बजारमा ल्याएको जनाएको छ ।
स्पार्क ५० फोरजीको सबैभन्दा महत्त्वपूर्ण आकर्षण यसको ७ हजार मेगाहर्जको ब्याट्री रहेको विज्ञप्तिमा उल्लेख छ ।
यसले एक दिनभन्दा बढी समयसम्म निरन्तर सेवा दिने कम्पनीको दाबी छ ।
गेमिङ, भिडियो स्ट्रिमिङ, अनलाइन कक्षा वा सामाजिक सञ्जाल– जुनसुकै काममा व्यस्त रहँदा पनि यो फोनले ब्याट्रीको चिन्ता गर्नु नपर्ने अनुभव दिने कम्पनीको भनाइ छ ।
दैनिक व्यावहारिक प्रयोगलाई ध्यानमा राखी निर्माण गरिएको यो स्मार्टफोनमा १.८ मिटरसम्मको ड्रप रेसिस्टेन्स र आईपी ६४ डस्ट तथा वाटर रेसिस्टेन्स सुविधा दिइएको कम्पनीले जनाएको छ ।
स्पार्क ५० फोरजी नेपालभर ६ जीबी र्याम तथा १२८ जीबी रोम भेरिएन्टमा उपलब्ध छ, जसको मूल्य २६ हजार ९ सय ९९ रुपैयाँ रहेको कम्पनीले बताएको छ ।
