बंगलादेशको स्वास्थ्य पर्यटन प्रदर्शनीमा मेडिसिटी

प्रदर्शनीमा चीन, इन्डोनेसिया, मलेसिया, भारत, श्रीलंकालगायत देशका स्वास्थ्य संस्था तथा अस्पतालको सहभागिता रहेको विज्ञप्तिमा जनाइएको छ ।

वैशाख २७, २०८३

कान्तिपुर संवाददाता

काठमाडौँ — नेपाल मेडिसिटीले बंगलादेशमा आयोजित नवौं अन्तर्राष्ट्रिय स्वास्थ्य पर्यटन तथा सेवा प्रदर्शनी–२०२६ मा सहभागिता जनाएको छ ।

यससँगै नेपाल बाहिर अन्तर्राष्ट्रिय चिकित्सा पर्यटन प्रदर्शनीमा आफ्नो सेवा प्रस्तुत गर्ने नेपाली अस्पतालका रूपमा नेपाल मेडिसिटीले ऐतिहासिक उपलब्धि हासिल गरेको मेडिसिटीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

मे ७ देखि ९ सम्म ढाकास्थित इन्टरनेसनल कन्भेन्सन सिटी वसुन्धरामा सञ्चालन भएको प्रदर्शनीमा एसिया तथा अन्य देशका अग्रणी अस्पताल, स्वास्थ्य सेवा प्रदायक, निदान संस्था, कल्याण केन्द्र तथा चिकित्सा पर्यटन सहजकर्ता सहभागी थिए ।

प्रदर्शनीमा चीन, इन्डोनेसिया, मलेसिया, भारत, श्रीलंकालगायत देशका स्वास्थ्य संस्था तथा अस्पतालको सहभागिता रहेको विज्ञप्तिमा जनाइएको छ ।

यसले दक्षिण एसियामा चिकित्सा पर्यटन र अन्तर्राष्ट्रिय स्वास्थ्य सेवा सहकार्यको बढ्दो महत्त्वलाई झल्काएको बताइएको छ ।

कान्तिपुर

Link copied successfully