काठमाडौंको बूढानीलकण्ठमा यामाहाको नयाँ थ्रीएस सोरुम

दक्ष जनशक्ति र आधुनिक पूर्वाधारसहित स्थापना गरिएको ह्विलिस ग्यालोरले ग्राहकलाई हरेक पटक सहज र भरपर्दो सेवा प्रदान गर्ने लक्ष्य

वैशाख २४, २०८३

कान्तिपुर संवाददाता

Yamaha's new 3S showroom in Budhanilkantha, Kathmandu

काठमाडौँ — यामाहा नेपालले बूढानीलकण्ठस्थित इटालीटार, गणेश चोकमा नयाँ थ्रीएस सोरुम ‘ह्विलिस ग्यालोर प्रालि’ सञ्चालनमा ल्याएको छ ।

बागमती प्रदेशका यातायातमन्त्री जयराम थापाले यामाहा नेपालको १०३औं सोरुमको उद्घाटन गरे ।

नयाँ सोरुममा बिक्री, सेवा र स्पेयर पाटर््स एउटै छानामुनि उपलब्ध गराइएको छ, जसले बूढानीलकण्ठ तथा आसपासका राइडरलाई आवश्यक सबै सेवा एउटै स्थानमा सहज रूपमा प्राप्त गर्न सहयोग गर्ने कम्पनीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

दक्ष जनशक्ति र आधुनिक पूर्वाधारसहित स्थापना गरिएको ह्विलिस ग्यालोरले ग्राहकलाई हरेक पटक सहज र भरपर्दो सेवा प्रदान गर्ने लक्ष्य राखेको जनाइएको छ ।

बूढानीलकण्ठमा यो सोरुम सञ्चालन हुनाले यामाहाको अझ धेरै ग्राहकसम्म पुग्ने र गुणस्तरीय सेवा सहज रूपमा उपलब्ध गराउने प्रतिबद्धतालाई सकार बनाउन सहयोग गर्ने कम्पनीको विश्वास छ ।

‘प्रत्येक नयाँ आउटलेटले नेपालभर सशक्त र संगठित सञ्जाल निर्माणतर्फको हाम्रो प्रयासलाई अगाडि बढाउँछ,’ विज्ञप्तिमा उल्लेख छ ।

कान्तिपुर

Link copied successfully