नेपाल लाइफको नि:शुल्क स्वास्थ्य शिविर

दुईदिने शिविरबाट ६ सय १ जनाले प्रत्यक्ष लाभ लिएको बताइएको छ । यससँगै कम्पनीले देशभरका सातै प्रदेशका १३ स्थानमा बृहत् रक्तदान कार्यक्रमसमेत गरेको छ ।

वैशाख २४, २०८३

कान्तिपुर संवाददाता

Nepal Life's free health camp

काठमाडौँ — नेपाल लाइफ इन्स्योरेन्सले स्थापनाको २५औं वार्षिकोत्सवको अवसर पारेर नि:शुल्क स्वास्थ्य शिविर एवम् देशैभर बृहत् रक्तदान कार्यक्रम गरेको छ ।

कम्पनीले आफ्नो प्रधान कार्यालयको प्रांगणमा नि:शुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको विज्ञप्तिमा जनाइएको छ । शिविरमा ईसीजी, थाइरोइड, सुगर, प्रेसर, एसजीपीटी, कोलेस्ट्रोल, युरिक एसिडलगायत नि:शुल्क जाँच तथा विज्ञ डाक्टरबाट नि:शुल्क परामर्श सुविधा प्रदान गरिएको विज्ञप्तिमा उल्लेख छ ।

दुईदिने शिविरबाट ६ सय १ जनाले प्रत्यक्ष लाभ लिएको बताइएको छ । यससँगै कम्पनीले देशभरका सातै प्रदेशका १३ स्थानमा बृहत् रक्तदान कार्यक्रमसमेत गरेको छ ।

कार्यक्रममार्फत कोशीको इटहरीमा ३०, मधेशको वीरगन्जमा २५, जनकपुरमा २५, बागमतीको काठमाडौंमा ७८, नारायणगढमा ८१, नुवाकोटमा ३९, हेटौंडामा २६, बनेपामा ३२, गण्डकी प्रदेशको पोखरामा ५५, लुम्बिनी प्रदेशको बुटवलमा ३३, भैरहवामा ३४, कर्णाली प्रदेशको सुर्खेतमा २५ र सुदूरपश्चिम प्रदेशको धनगढीमा ३३ गरी कुल ५ सय ५ पिन्ट रगत संकलन गरिएको विज्ञप्तिमा उल्लेख छ ।

कान्तिपुर

Link copied successfully