परीक्षणमा ३.५८ को ‘आर भ्यालु’ प्राप्त भएको छ, जसले अर्थ २४ घण्टाभित्र ब्याक्टेरियाको चाप ९९.९ प्रतिशतभन्दा बढीले घट्ने देखाउने कम्पनीको भनाइ छ ।
काठमाडौँ — नेपालमा पूर्ण भिट्रिफाइड टायल उत्पादन गर्ने कम्पनी लामिनारले आफ्नो नयाँ उत्पादन एन्टिब्याक्टेरियल टायल शृंखला ‘जर्मसेफ’ सार्वजनिक गरेको छ ।
भृकुटीमण्डपमा आयोजित ‘नेपाल मेडिकल शो २०२६’ को अवसरमा यो नयाँ प्रविधिको टायल सार्वजनिक गरिएको कम्पनीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
जर्मसेफको प्रभावकारिता एनएबीएल मान्यता प्राप्त प्रयोगशाला इन्टरटेक इन्डियाद्वारा आईएसओ २२१९६ (जेआईएस जेड २८०१) मापदण्डअनुसार स्वतन्त्र रूपमा परीक्षण गरिएको कम्पनीको दाबी छ ।
परीक्षणमा ३.५८ को ‘आर भ्यालु’ प्राप्त भएको छ, जसले अर्थ २४ घण्टाभित्र ब्याक्टेरियाको चाप ९९.९ प्रतिशतभन्दा बढीले घट्ने देखाउने कम्पनीको भनाइ छ ।