कंगारुले वैदेशिक अध्ययनका लागि अस्ट्रेलिया, न्युजिल्यान्ड, यूके, संयुक्त राज्य अमेरिका तथा क्यानडा जान इच्छुक विद्यार्थीलाई शैक्षिक परामर्श सेवा प्रदान गर्दै आएको छ ।
काठमाडौँ — नेपालको शैक्षिक परामर्श सेवा क्षेत्रको अग्रणी संस्था कंगारु एजुकेसन फाउन्डेसनले आफ्नो २० औं कंगारु डे मनाएको छ ।
काठमाडौंको बागबजारस्थित पर्पल हाउसमा मुख्य कार्यालय रहेको कंगारुले नेपाल तथा अस्ट्रेलियामा गरी १४ वटा कार्यालयमार्फत सेवा प्रदान गर्दै आएको बताएको छ ।
संस्थाले आफ्नो २० वर्षे यात्रालाई केवल उत्सवका रूपमा मात्र नभई उपलब्धि, विश्वास, सेवा र आगामी भविष्यप्रतिको प्रतिबद्धताको अवसरका रूपमा मनाएको जनाएको छ ।
उक्त अवसरमा नेपालभर रहेका सम्पूर्ण कार्यालयमा विभिन्न कार्यक्रम आयोजना गरिएको छ । मुख्य समारोह काठमाडौंस्थित पर्पल हाउसमा सम्पन्न भएको कम्पनीको भनाइ छ ।
कंगारुले वैदेशिक अध्ययनका लागि अस्ट्रेलिया, न्युजिल्यान्ड, यूके, संयुक्त राज्य अमेरिका तथा क्यानडा जान इच्छुक विद्यार्थीलाई शैक्षिक परामर्श सेवा प्रदान गर्दै आएको छ ।