वक्ताहरूले साइबर सुरक्षा केवल प्रविधिमा सीमित नभई संस्थागत सोच, प्रक्रिया र नीतिगत व्यवस्थासँग जोडिएको दृष्टिकोण आवश्यक रहेकामा जोड दिए ।
काठमाडौँ — नेपालमा वित्तीय क्षेत्र तीव्र डिजिटल रूपान्तरणतर्फ अघि बढिरहेका बेला साइबर सुरक्षा अहिलेको प्रमुख आवश्यकता बनेको बताइएको छ ।
एजिस इन्फिनिटी सोलुसन्स र सफ्टसिल्ड टेक्नोलोजिजसँगको सहकार्यमा वाईबी सोलुसन्सले आयोजना गरेको ‘सेक्योरिङ नेपाल्स डिजिटल फ्युचर : इन्नोभेसन, डेटा एन्ड ट्रस्ट इन बीएफएसआई’ विषयक कार्यक्रममा डिजिटल वित्तीय प्रणालीमा बढ्दो साइबर जोखिम तथा यसका समाधानका उपायबारे छलफल भएको आयोजकले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
कार्यक्रममा आर्टिफिसियल इन्टेलिजेन्स (एआई) को प्रयोगमार्फत थ्रेट इन्टेलिजेन्स सुधार गर्ने, जिरो ट्रस्ट नेटवर्कको अवधारणा लागू गर्ने तथा समग्र साइबर सेक्युरिटी ल्यान्डस्केपलाई सुदृढ बनाउने विषयमा पनि विचारविमर्श गरिएको विज्ञप्तिमा उल्लेख छ ।
वक्ताहरूले साइबर सुरक्षा केवल प्रविधिमा सीमित नभई संस्थागत सोच, प्रक्रिया र नीतिगत व्यवस्थासँग जोडिएको दृष्टिकोण आवश्यक रहेकामा जोड दिए ।
नेपालको डिजिटल वित्तीय भविष्यलाई सुरक्षित, विश्वसनीय र सुदृढ बनाउन सहकार्य अपरिहार्य रहेको पनि उनीहरूको भनाइ छ ।
